Logo
१३ आश्विन २०८०, शनिबार
(August 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसमा अमेरिकाले गैरआवासीय भिसा सेवा बन्द गर्ने

रुसस्थित अमेरिकी राजदूतावासले गैरआवासीय भिसा सेवा बन्द गर्ने भएको छ । अगस्ट २३ देखि सुरु हुनेगरी ८ दिनका लागि गैरआवासीय व्यक्तिलाई अमेरिकाको भिसा रोक्ने निर्णय दूतावासले गरेको हो।

रुसले आफ्नो देशमा रहेका अमेरिकी दूतावासका कर्मचारी कटौती गर्ने निर्णयको विरोधमा अमेरिकाले यस्तो कदम चालेको हो।

यद्यपि भिसासम्बन्धी सम्पूर्ण सेवा अब मस्कोस्थित राजदूतावासबाट मात्रै दिने जनाइएको छ । यसअघि सेन्ट पिटर्सवर्ग, यकेतेरिनावर्ग र भ्लादिभोस्तोकमा रहेको महावाणिज्य दूतावासबाट पनि भिसा दिइँदै आएको थियो ।

सो सेवा सेप्टेम्बर १ देखि सुचारु हुनेछ। अगस्टको सुरुवातमा रुसी विदेश मन्त्रालयले अमेरिकी दूतावासका ७५५ कर्मचारी कटौती गर्ने आदेश दिएको थियो। एजेन्सी

प्रकाशित मिति: Aug 21, 2017

प्रतिक्रिया दिनुहोस्