म्यानमार, बङ्गलादेश, भारत हुदै अच्चानक कपाल काटिने घटना सुनसरीमा भाइरल
अमर काफ्ले, इनरुवा : म्यानमार, बङ्गलादेश, भारत हुदै यबिेला अच्चानक कपाल काटिने घटना सुनसरीमा समेत भाइरल बनेको छ । अविरल परेको पानी र बाढीले त्रसित भएका सुनसरीका दक्षिणवर्ती क्षेत्रका स्थानियहरु फेरी भ्रामक हल्लाका कारण केही दिन देखी त्रासमा छन । सुनसरी सदरमुकाम इनरुवा सहित आसपास र दक्षिणी भेगमा यतिवेला भाइरल बनेका दुई वटा हल्ला जसका कारण स्थानीय त्रासमा छन् ।
रात परेपछि सामाजिक सञ्जालमा भाइरल हुने कोशीको बाँध फुट्दै र फुट्न लाग्यो भन्ने निराधार हल्ला सेलाउन नपाउँदै दुई दिनयता सुनसरीको इनरुवा सहित दक्षिणी ग्रामिण भेगमा महिलाहरुको कपाल काटिने गरेको हल्ला भाइरल बनेको छ । शुक्रबार विहान इनरुवा २ घर भएकी एक १५ वर्षे बालिकाको अज्ञात रुपमा कपाल काटिएको भन्ने खबर बाहिरिएको थियो ।
शनिवार देवानगञ्ज ४ मा दिनेश मेहताकी श्रीमति २५ वर्षिया संगितादेवी मेहताको समेत कपाल काटिएको भन्ने हल्ला सामाजिक सञ्जाल सहित ग्रामिण भेगका सर्वसाधारणमा भाईरल बनेर फैलिन पुगेको छ । त्यसैगरी भोक्राहामा समेत सोही प्रकृतिको घटना बाहिरिएको छ ।
देवानगञ्जको घटनालाई स्थानीय प्रहरीले समेत नियालेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्चार्ज टिकाराम पौडेलले संगीताको कपालको तल्लो भाग काटिएझै देखिने र विहोस रहेपछि परिवारले उनको उपचारकालागि बिराटनगर लगेको जानकारी दिए ।
सो विषयलाई दुई दिन देखी सुनसरीको फलानो ठाँउमा घर भित्र सुतेको बेलामा , बारीमा गएको बेलामा , शौचालय गएको बेलामा महिलाको कपाल यसरी काटियो र उनि बेहोस भइन् भन्दै फोटो सहित सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रम बढेको छ ।
हल्लाकै कारण स्थानीयमा बढ्दो त्रासले महिला र किशोरीहरुलाई थप पिरोलेको छ । उक्त विषयलाई धेरैले आआफ्नो तरिकाले ब्याख्या र तर्क गर्न थालेका छन् । एकपछि अर्को गर्दै भाइरल भन्दै गएका त्यस्ता घटनाले स्थानीयमा त्रास बढाउदै गएको छ ।
पीडित भनिएका परिवारहरु तान्त्रिक उपचार समेत खोज्न थालेका छन् । विशेषगरी सुनसरीको बविया , हरिनगरा , देवानगञ्ज , कप्तानगञ्ज , मध्यहर्षाही , राजगञ्जसिनवारी , बसन्तपुर , साहेवगञ्ज , गौतमपुर , रामनगरभुटाहा ,नरसिंह , लौकही , भोक्राहा , श्रीपुरजब्दी , हरिपुर लगायतका गाउँवस्तीमा पछिल्लो हल्लाले व्यापकता पाएको स्थानीयहरु बताउँछन ।
हल्ला फैलँदै गएकाले महिलाहरुमा त्रास उत्पन्न भई एक्लै घरमा बस्न , गाईवस्तु चराउन , खेतवारी जान वा हिडडुल गर्न समस्या हुन थालेको स्थानीयवासीहरु बताउँछन । उनीहरुले हल्लाका कारण सर्वसाधारणमा त्रास थपेको बताए । घटनाको वास्तविकता पत्ता लगाइ सर्वसाधारणलाई ढुक्क बन्ने अवस्थाको सीर्जना गराउन प्रहरी प्रशासनले ढिला गर्न नहुने स्थानीयहरुको भनाई छ ।
कोशीको निराधार हल्ला फैलाउनेको सम्वन्धमा अनुसन्धान थालेको बताउने सुनसरी प्रहरी पछिल्लो घटनाक्रमको समेत यथार्थ पत्ता लगाउन लागि परेको बताउँछ । प्रहरी प्रमुख विद्यानन्द माझीले घटनाबारे जानकारी आएकाले छानविन थालिएको बताए । माझीले घटनाको वास्तविकता बुझ्ने कार्य भैरहेको बताए । यद्यपी प्रहरीले महिलाको कपाल कट्ने र बेहोस हुने भन्ने विषय स्थानीयस्तरमा हल्ला फैलिएझै अदृश्य शक्ति र टुनामुनाका कारण नभएर कुनै विरामीको संकेत हुन सक्ने अनुमान गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले समेत ग्रामिण वस्तीहरुमा फैलिएको हल्ला बताएका छन् । यद्यपी उनले घटनाको प्रकृति र वस्तुस्थितीबारे पूर्ण अध्ययनर र अनुसन्धान पश्चात मात्रै वास्तविक कुरा बाहिर आउने बताए । प्रजिअ पराजुलीले सत्यतथ्य बुझ्न स्थानीय जनशक्ति परिचालन गरिएको बताउँदै सर्वसाधारणमा हल्लाको पछि नलागी आफ्नो दैनिकीमा जुट्न आग्रह समेत गरे ।
सुतेको स्थानमा महिलाको कपाल काटिने र वेहोस हुने घटना यसअघि छिमेकी मूलुक भारतको मथुरा, राजस्थान लगायतका केही भेगहरुमा देखा परेको थियो । भारतीय संचारमाध्यमहरुले सो विषयलाई हावामा उड्ने एक किसिमको किराले महिलाको कपाल टुक्राउने गरेको निष्कर्श बाहिर ल्याएको थियो । स्थानीय प्रशासनले समेत सो हल्लाको पटि तान्त्रिक या अन्य कारण नभई किरालाईनै आधार मानेर सर्वसाधारणमा हल्लामा विश्वास नर्गन अपिल गरको थियो ।
स्थानीय तथा पीडित भनिएकाहरुले भने सो घटनालाई जादु र टुनामुनासँग समेत दाँजेका थिए । भारतमा घटना निकै फैलिएपछि चलेको बहस हावामा उड्ने किरा कालो वस्तु देखेपछि सो तर्फ आर्कषित हुने र बढीमात्रामा बाक्लो कपालमा बस्ने र त्यसपछि सो किराले नङग्रा र मुख चलाउँदा किरा बसेको र सर्दै जाँदा त्यस वरिपरीको कपाल टुक्रिने र झर्ने गरेको निशकर्षमा पुगेको थियो ।
एक्कासी कपाल झरेको थाहा पाउँदा स्वभाविक रुपमा मानिस आत्तिने र त्यसमा पनि महिलाहरुमा मात्रै सो किसिमको घटना देखिएकाले मानशिक रुपमा उत्पन्न नकारात्मक सोचका कारण वेहोस हुने जस्ता लक्षण देखा परेको भारतीय संचारमाध्यमहरुले खुलाशा गरेको थियो ।
त्यस्तै, सुनसरीकै भोक्राहा ५ र ७ मा अर्को फेरी कपाल आतङ्क मच्चिएको छ । त्यस ठाउका ३ जना स्थानिय महिलाको कपाल काटिएको छ। पुरै गाउ अहिले त्रासमय भएको छ।