Logo
२३ मंसिर २०८१, आईतबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी फुटाउन भूमिका खेलेको भन्दै राप्रपाद्धारा समर्थन फिर्ता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अहिले पनि केन्द्रीय समिति बैठकले पार्टी विभाजन गराउन भूमिका खेलेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

अध्यक्ष कमल थापाले एकलौटी ढंगले पार्टी चलाएको भन्दै २० सांसद् र ७० केन्द्रीय सदस्य अलग्गिएर पशुपतिशम्शेर राणाको अध्यक्षतामा राप्रपा प्रजातान्त्रिक नामको पार्टी गठन गरेका छन् ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी व्यवस्थापिका–संसदमा त्यसको जानकारी दिइसकेको बताए । आइतबार विभाजित भएको राप्रपामा अहिले १५ सांसद् छन् ।

 

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्