Logo
१६ आश्विन २०८०, मंगलबार
(July 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेपालका केन्द्रीय नेता फरार सूचीमा

तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो । जसमा ६ सय ८२ जना आन्दोलनकारी मुछिएका छन् । दुइृ सय ६ मध्ये १ सय ४० वटा मुद्दाको छिनोफानो गरी २ सय ५१ जना आन्दोलनकारीले सफाइ पाइसकेका छन् ।

मधेस आन्दोलनका गम्भीर घटनामध्ये ६६ वटा मुद्दाको छिनोफानो गर्न बाँकी रहेको छ । छिनोफानो गर्न बाँकी रहेका ६६ मुद्दामा ४ सय ३१ जना आन्दोलनकारी मुछिएका छन् । जानकारीअनुसार ६६ वटा मुद्दामध्ये ५२ वटा मुद्दाका २ सय ७२ जना अहिले पनि फरार सूचीमा रहेका छन् ।

तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र हाल राजपा नेपालका पदाधिकारीहरु पनि फरार सूचीमा छन् । आजको नेपाल माचारपत्रमा यो खबर छ । टिकापुर घटनामा राजपाका केन्द्रीय सचिव रेशम चौधरीसहितका पदाधिकारी फरार छन् । जलेश्वरमा प्रहरी हत्याको घटनामा संलग्न रहेका महासचिव देवेन्द्र यादवसहितका नेताहरु फरार सूचीमा छन् ।

प्रकाशित मिति: Jul 28, 2017

प्रतिक्रिया दिनुहोस्