Logo
२४ मंसिर २०८१, सोमबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुल भाँचियो: तातोपानीसँग सम्पर्कविच्छेद

सिन्धुपाल्चोक : पहरो फुटेर भीषण पहिरो खस्दा आइतबार अरनिको राजमार्गको लार्चास्थित भोटेकोसीको मोटरेबल पुल भाँचिएको छ । प्रत्यक्षदर्शी डुपछिपछिरिङ शेर्पाका अनुसार साँझ साढे ८ बजे गाउँ नै थर्काउने गरी पहरो फुटेको आवाज आएको थियो । ‘पहरो खस्दा चट्याङ परेजस्तो चारैतिर उज्यालो भयो,’ उनले भने, ‘पुलको बीचको भाग र पहिरोले केही समय भोटेकोसी थुनियो ।’ २०५३ साउन ७ गते पनि सोही ठाउँको भैरवकुण्ड खोलामा बाढीसँग पहिरो खस्दा लार्चा पुल बगाएको थियो ।

चीन सरकारले २०३८ सालमा बनाएको पुल भाँचिएपछि तातोपानी नाका जोड्ने राजमार्ग पूर्ण रूपमा विच्छेद भएको छ । तातोपानीका पूर्वअध्यक्ष अमृतकुमार खड्काका अनुसार उक्त पहिरोमा ५४ जनाको मृत्यु भएको थियो । उक्त घटनाको २१ वर्ष पुगेकै दिन अर्को पहिरो गएको हो । पुल भोटेकोसीमा खसेपछि सीमा जोड्ने करिब ५ किमि क्षेत्रमा यातायात पूरै रोकिएको छ । भूकम्पले चर्केपछि चीन सरकारले पुलको तल्लो भागमा फलामको संरचना बनाएर अड्याएको थियो ।

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्