बालुवाटारमा बसेको बैठक मूल एजेन्डामा प्रवेश नै नगरी सकियो
काठमाडौं, ४ साउन । सत्तापक्ष र राजपा विचको बैठक विना निष्कर्श टुंगिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक मूल एजेन्डामा प्रवेश नै नगरी सकिएको हो । संविधान संशोधन प्रस्ताव, तेस्रो चरणको निर्वाचन र सरकार विस्तारका बारेमा छलफल गर्न बसेको बैठकमा संविधान संशोधन प्रस्तावबारे कुरै भएन ।
माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार राजपाले राखेका सहिद घोषणा, अन्दोलनमा घाइतेको उपचार खर्चलगायतमा छलफल भएपनि संविधान संशोधन प्रस्तावबारे बैठकमा छलफल भएन । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस तथा माओवादी केन्द्रका शिर्ष नेताहरु र राजपाका नेताहरु सहभागी थिए ।
बैठकपछि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बैठकले कुनै ठोस निष्कर्ष निकाल्न नसकेको बताए । राजपा सरकारमा जाने विषय, संविधान संशोधन र अन्य मागबारे छलफल गर्ने तय भएपनि सरकारले संशोधनको विषय उठाउन नचाहेको उनले बताए ।
सरकारले भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेकाले सरकारका सहभागी हुने नहुनेबारे राजपाको राजपाको अन्तिम राय मागिएको माओवादी नेता श्रेष्ठले बताए ।