यी हुन प्रसुतीका अवार्ड जितेका थरी–थरीका तस्बिरहरु
अमेरिकाको डेनवर शहरको वेबसाइट birthbecomesher.com ले ‘Moment of Birth Image Contest’ का बिजेताको नाम र उनीहरुले प्रसुतीका क्रममा खिचेका तस्बिरहरुको सूची जारी गरेको छ ।
प्रतिस्पर्धाको आयोजना गर्नेहरुका अनुसार संसारभरीका भिन्न–भिन्न फोटोग्राफरद्वारा प्रसुतीको क्रममा खिचिएका सुन्दर र भावुक तस्बिर आएका छन्, जसले मानिसहरुलाई प्रोत्साहित गर्दछ । जब पहिलो पटक आमाले आफ्ना बच्चालाई भेट्छन् तब उनीहरुको प्रतिक्रिया कस्तो हुन्छन् त्यसबारे फोटो हेरेर महसुस गर्न सकिन्छ ।
वेबसाइटका अनुसार उक्त प्रतिस्पर्धाका लागि संसारभरीका सयभन्दा बढि फोटोग्राफरले भाग लिएका थिए । करिब पाँच हप्तासम्म निर्णायक मण्डलले बिजेतको नाम जारी गरे । यद्यपी, प्यानलिष्टले सबै फोटो सुन्दर र मनलाई छुने किसिमको भएको बताए ।
चार क्याटगोरीमा जारी भयो परिणामः
वेबसाइटका अनुसार, उक्त प्रतिस्पर्धाको परिणाम चार क्याटगोरीमा जारी गरिएको छ । ग्रान्ड प्राइज जित्नेहरुले २ सय डलर, दोस्रो, तेस्रो स्थान र पब्लिक च्वाइसका तस्बिरले १ सय डलर प्रदान गरिनेछ ।
ग्रान्ड प्राइज लस एन्जलिसमा बस्ने फोटोग्राफर रेबेका कोरसेलाई प्रदान गरिएको छ । जबकी दोस्रो पुरस्कार यूकेकी फोटोग्राफर हन्ना पालमारा र तेसो पुरस्कार ब्रिसबेनकी फोटोग्राफर सेलेना रोलसनले पाए । एजेन्सी ।