गच्छदारले माग्यो चार ओटा मन्त्रालयः यी हुन मन्त्रीको दौडमा रहेकाहरु
काठमाडौं । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले जम्मा ४ ओटा मन्त्रालय आफ्नो पार्टीले पाउनु पर्ने माग गरेका छन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गरेकै दिन गच्छदारले पनि स्थानीय विकास मन्त्रालयको जिम्मेवारी समहालेका थिए । मगलवार प्रधानमन्त्री देउवालाई भेटेरै गच्छदारले राप्रपा र संघीय समाजवादी नआउँदा आफ्नो पार्टीलाई चार वटा मन्त्रालय दिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री देउवाले अब दुई वटा मन्त्रालय लोकतान्त्रिक फोरमलाई छुट्याएका बताए पनि पार्टीभित्र मन्त्रीका लागि धेरैले आकंक्षा देखाएपछि अध्यक्ष गच्छदारले राप्रपा र संघीय समाजवादी फोरम सरकारमा नआउँदा आफ्नो पार्टीले चार मन्त्रालय पाउनु पर्ने आग्रह गरेका थिए ।
गच्छदारले राप्रपा र संघीय समाजवादी सरकारमा नआउँदा आफ्नो पार्टीले चार मन्त्रालय पाउनु पर्ने बताए । उनले भने,‘राप्रपा र संघीय समाजवादी फोरम सरकारमा सहभागी नभए हामीले चार मन्त्रालय पाउनु पर्छ । त्यसमा हामीले दाबी गरिरहेका छौं ।’
राप्रपा र संघीय समाजवादी फोरम सरकारमा आएको खण्डमा भने तीन मन्त्रालयमै चित्त बुझाउन आफूहरु तयार रहेको बताउदै उनले भने ‘राप्रपा र संघीय समाजवादी फोरम सरकारमा आउँदैनन् भने हामीले सरकारमा सहभागी तेस्रो ठूलो दलको हैसियतले चारवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाउनु पर्छ ।’
यी हुन मन्त्रीको दौडमा रहेकाहरु:
गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट मन्त्रीका लागि झण्डै आधा दर्जन नेताहरुले आकंक्षा देखाएका छन् । समाचार श्रोतका अनुसार मन्त्रीका लागि नेताहरु योगेन्द्र चौधरी, जितेन्द्र नारायण देव, गोपाल दहित, रामजनम चौधरी, डा. बाबुराम पोखरेल र डा. सुवोधकुमार पोखरेलले लविङ गरिरहेका छन् ।
जितेन्द्र नारायण देव र गोपाल दहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक महिना मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
एक महिनामात्रै मन्त्री पदमा बस्न पाएको भन्दै जितेन्द्र र गोपाल दहितले आफूहरुलाई मन्त्री बनाउनु पर्ने दबाब गच्छदारलाई दिइरहेका छन् ।