आइएसलाई सहयोग गर्ने अमेरिकी सैनिक पक्राउ
एजेन्सी : आतकंवादी संगठन इस्लामिक स्टेट (आइएस) लाई सहयोग गरेको आरोपमा एक अमेरिकी सैनिकलाई पक्राउ परेका छन् । एरिक काङ (३४ बर्ष) लाई एफबीआइले हवाईमा पक्राउ गरेको हो ।
उनले आइएसलाई आवश्यक सैन्य सामाग्री सहयोग गनुृका साथै तालिमसमेत दिने गरेको पाइएको अमेरिकी सेनाले जनाएको छ । हवाइको होनोलुस्थित निवासबाट उनलाई शनिबार साँझ पक्राउ गरिउको हो ।
उनले हवाइमा रहेको सेनाको उड्डयनसम्बन्धी सेवामा ट्राफिक नियन्त्रणको काम गर्दै आएका थिए ।