Logo
८ बैशाख २०८१, शनिबार
(June 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुख्यात अन्तराष्ट्रिय अपराधि चार्ल्स शोभराजको मुटुको शल्यक्रिया

काठमाडौं, २९ जेठ :  कुख्यात अन्तराष्ट्रिय अपराधि चाल्स शोभराजको मुटुको शल्यक्रिया भएको छ । उनको सोमबार शहिद गंगालाल अस्पतालमा डा. रामेश कोइरालाको टिमले शल्यक्रिया गरेको हो । उनको शल्यक्रियामा चिकित्सकहरुले करिब तीन ३ घण्टा समय खर्चिएका थिए ।

शोभराजको ट्राइक्पिड भल्वको मर्मत गरिएको थियो भने माट्ररियल भल्व फेरिएको थियो । उनको अप्रेसन सकिए पनि होस आइसकेको छैन । उनको मुटुमा कडा समस्या देखिए पछि चिकित्सकहरुले शल्यक्रिया गर्नु पर्ने बताएका थिए ।

तर शोभराजले फ्रान्सका चिकित्सकहरुलाई रिपोर्ट पठाएर उताबाट पनि शल्यक्रिया गर्नु पर्ने प्रतिक्रया आएपछि मात्र त्यसको लागि राजी भएका थिए । शोभराज १३ बर्षदेखि केन्द्रिय कारागार सुन्धारामा थुनामा छन्।

शोभराजलाई शुक्रबार नै अपस्पतालमा भर्ना गरिएको थियो । उनको मंगलबार अप्रेसन गर्ने कार्यतालिका भए पनि आकस्मिकतामा सोमबार नै शल्यक्रिया गरिएको अस्पताल स्रोतले जनाएको छ ।

 

 

प्रकाशित मिति: Jun 12, 2017

प्रतिक्रिया दिनुहोस्