Logo
१३ बैशाख २०८१, बिहीबार
(June 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदबाट पनि राजिनामा दिनुपर्ने महेन्द्रराय यादवको प्रस्ताव

काठमाडौ । राष्ट्रिय जनता पार्टी नेपालले आज आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ । सत्तारुढ दलसँग कुरा नमिलेपछि आन्दोलनको तयारीका लागि बसेको बैठकमा राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संसदबाट पनि राजिनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।  अहिलेको छ जनाको अध्यक्ष मण्डलमा महेन्द्र राय यादव मात्र संसद छन् ।

जवाफमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदबाट नै राजिनामा दिने बेला अहिले नभएको उल्लेख गरे । आवश्यक पर्यो भने संसद छाड्न सकिने बताए । सविधान संशोधनको माग राखेर संसदबाट राजीनामा दिनु उचित नहुने धारणा राजपा नेपालका नेताहरुको रहेको थियो ।

उनले सधै एकैखालको आन्दोलनले हुँदैन, वारपारका आन्दोलनका लागि संसदमा रहेका राजपा नेपालका सांसदहरुले राजिनामा दिएर आन्दोलनमा जानुपर्ने उनको धारणा थियो । एकातिर आन्दोलन पनि गर्ने अर्कोतिर संसदबाट भत्ता बुझ्ने कार्य गर्न नहुने तर्क गर्दै उनले संसदबाट राजिनामा दिनुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

सविधान संशोधनका लागि संसदीय गणितको कुरा आउँदा आफ्नो संसद पनि काम लाग्ने भएकाले संसदबाट तत्कालै राजीनामा दिनका लागि हतार नगर्ने तर्कहरु पनि नेताहरुको बीचमा भएको बताइएको छ । पत्रकार सम्मेलनमा यस विषयमा जिज्ञासा राख्दा उनले आवश्यक परे संसद छाड्ने काम पनि हुन्छ तर त्यसको बारेमा पछि छलफल गरिने प्रतिक्रिया दिएका थिए ।

२०७१ सालमा तेस्रो चरणको मधेश आन्दोलन शुरु गर्दा राजेन्द्र महतोले तत्कालिन आफ्ना दलका सभासद्हरुलाई सविधानसभाबाट राजीनामा दिन लगाएका थिए । राजिनामा दिएर काठमाडौ छाडेका सभासद्हरु प्रधानमन्त्रीका लागि भएको चुनावमा सुशील कोइरालाको पक्षमा मतदान गर्न संसद छिरेका थिए । त्यसबेला सो दलको निकै आलोचना भएको थियो ।

प्रकाशित मिति: Jun 12, 2017

प्रतिक्रिया दिनुहोस्