Logo
७ बैशाख २०८१, शुक्रबार
(June 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक समुहद्धारा दिगम्बर झामाथि अनामनगरमा आक्रमण

काठमाडौं, जेठ २९ : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आइतबार बेलुका अनामनगरमा नचिनेका मानिसको समूहले आक्रमणको प्रयास गरेको छ ।

सांझ ७ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले उहाँ चढेको बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए ।

‘मेरो गाडीमा उनीहरुले एकाएक रडले प्रहार गरे, गाडीमा पुरै क्षति भएको छ, पछाडीको भाग र सिसाहरू फुटेको छ” अध्यक्ष झाले भने । उनले घटनाबारे आफूले प्रहरीलाई जानकारी गराएको बताए ।

प्रकाशित मिति: Jun 12, 2017

प्रतिक्रिया दिनुहोस्