Logo
१३ बैशाख २०८१, बिहीबार
(June 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेसको माग र आन्दोलनलाई हल्‍का सम्झिए माओवादी युद्धभन्दा नी खतरनाक हुनेछ’

राजविराज, जेठ २७ : राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले मधेसको माग र आन्दोलनलाई हलुका ढंगले नलिन सरकारलाई चेतावनी दिनु भएको छ ।

राजविराजमा शनिबार आयोजित पत्रकार भेंटघाटमा बोल्नुहुँदै महतोले माओवादी युद्धभन्दा खतरनाक बाटोमा मधेस अघि बढिरहेकोले हलुका ढंगले नलिन चेतावनी दिनुभयो ।

लोकतन्त्र खतरामा परेर नभई मुखिया र मेयर पद खतरामा परेर उपेन्द्र यादव आन्दोलन छाडेर चुनावमा गएको आरोप लगाउँदै महतोले मधेसका जनता उपेन्द्रको वकवासमा नपर्ने बताउनुभयो। मधेसले मेयर, मुखिया पद होइन अधिकार मागेको भन्दै उहाँले धैर्यताको बाँध फुटेमा लोकतन्त्र धरापमा पर्ने बताउनुभयो ।

राजपाका अर्का नेता राजकिशोर यादवले जे गर्छु, जे बोल्छु त्यही ठिक हो भन्ने घमण्ड त्याग्न उपेन्द्र यादवसँग आग्रह गर्नुभयो । हाँडीजात्राको कथा सुनाउँदै नेता यादवले रथको मुनी रथ सँगसँगै अघि बढने कुकुरलाई पनि रथ उसैले हाँकिरहेको जस्तो लाग्छ र घमण्डमा फुल्छ ।

१२ वर्ष अघि कस्तो कपडा र चप्पल लगाउनु हुन्थ्यो, के इतिहास थियो, समाजको दृष्टि कस्तो थियो याद गर्न उपेन्द्रलाई आग्रह गर्दै नेता यादवले भन्नुभयो इतिहास स्मरण गरेर मधेसका जनताको चाहनाबमोजिम निर्णय गर्नुपर्ने बताउनुभयो ।

आफ्नो मनले, कसैको दवाव र लोभमा परेर निर्णय लिने उपेन्द्रको पछिपछि मधेसको जनता नजाने उहाँले दावी गर्नुभयो। राजपालाई वेवास्ता गरेर देशमा शान्तिको कल्पना नगर्न समेत नेताहरुले चेतावनी दिनुभयो।

प्रकाशित मिति: Jun 10, 2017

प्रतिक्रिया दिनुहोस्