Logo
६ बैशाख २०८१, बिहीबार
(June 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनिल झा नेतृत्वको सदभावनाबाट एक्लिएर बसेकी सरिता फोरममा

काठमाडौं, २६ जेष्ठ । सर्वोच्च अदालतबाट आधिकारिक्ता पाएपछि अनिलकुमार झा नेतृत्वको सघिंय सदभावना पार्टीसंग धुमधामले पार्टी एकिकरण गरेर पछि अनिल झासंग पनि रुष्ट भएर एक्लिएर बसेकी सरिता गिरी उपेन्द्र यादव नेतृत्वको फोरममा प्रवेश गरेकी छन ।
रिर्पोर्टस क्लवमा एक औपचारिक कार्यक्रम गरि गिरि फोरममा प्रवेस गरेकी हुन ।

कार्यक्रममा गिरीले मधेशका जनता निर्वाचनको पक्षमा रहेको दाबी गरेकी छन् । उनले भनिन्, ‘म विगत दुई महिनादेखि मधेशमा छु, त्यहाँका जनता निर्वाचनको पक्षमा छन्, २० वर्षदेखि रिक्त रहेका स्थानीय तहमा जनताले आफ्ना अधिकार प्राप्त गर्ने यो सुनौलो मौका हो, अर्कोतर्फ हामीले संविधान आलोचनात्मक रुपमा स्वीकार गरेका छौँ, यस संविधानलाई अभ्यासको माध्यमबाट नै स्विकार्यता बढाउनुपर्छ, केही प्रगतिशील कुराहरु छन्, यस्ता कुरालाई संस्थागत गर्नुपर्छ ।’

त्यस्तै, कार्यक्रममा  अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नव–निर्वाचित सरकारले संविधान संशोधनको लागि गरेको वाचा अविलम्ब पूरा गर्नुपर्ने बताए । अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्री देउवाले हामीसँग जुन प्रण गर्नुभएको छ, ती सबै बाचा पूरा गरेर आउने असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनसहभागिता बढाउने वातावरणको निर्माण गर्नुपर्दछ ।’

सरिता गिरीलाई बधाई दिँदै अध्यक्ष यादवले भने, ‘अब हामीले मुलुकका लागि मधेशी, आदिवासी जनजाति, थारु, उत्पीडित जनता लगायत सम्पूर्णको लागि सदनदेखि सडकसम्म एकजुट भएर लाग्नुपर्छ, सरकारले जनताका मागहरू सम्बोधन नगरेको खण्डमा जनता चुप बस्न सक्दैनन्, यो कुरा सरकारले राम्रोसँग जानिराख्नुपर्छ, अवसरमा समानता, अधिकारमा समानता, न्यायमा पहुँच जस्ता कुरालाई आत्मसात् गरेर अघि बढेका पार्टीबीच एकता हुनुले जनतामा उत्साह पैदा भएको छ।’ यादवले पार्टी एकता समयको माग भएको समेत प्रष्ट पारे ।

 

 

प्रकाशित मिति: Jun 10, 2017

प्रतिक्रिया दिनुहोस्