Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुलासा : मरेका खशी-राँगा मासुका लागि उपत्यका भित्रिँदै

काठमाडा‌ैं, २५ जेठ : सोमबार मध्याह्न १२ बजे महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८४५३ नम्बरको यात्रुबाहक बसको डिकीमा नौवटा मरेका खसी भेटिए। मृत खसी महेन्द्रनगरकै डम्बर भण्डारीले उपत्यकामा मासु बिक्री गर्ने उद्देश्यले ल्याएका थिए । बर्दियाबाट आएको ना ६ ख ९३३ नम्बरको ट्रकमा घाँटी रेटेर मारिएको अवस्थामा तीनवटा खसी भेटिए। जीवन श्रेष्ठले उपत्यका भित्र्याउन लागेको ती मरेका खसी जेठ २ गते अनुगमनको क्रममा फेला परेका थिए।

थानकोट नागढुंगा चेकपोष्टमा पशु क्वारेन्टाइन कार्यालय र प्रहरी प्रभाग थानकोटको संयुक्त अनुगमनमा २२ दिनमा १२ वटा मरेका खसी उपत्यका भित्र्नि लागेको अवस्थामा फेला परे। वैशाख १४ गते पर्वतबाट ल्याउँदै गरेको अवस्थामा १ सय ५० कुखुरा फेला परे। ‘हामीले अनुगमनको क्रममा भेटाएका केही उदाहरण मात्रै हुन् यी त,’ उनले भने, ‘यसरी नै उपत्यकामा मरेका मासुजन्य पशुपक्षी बारम्बार भित्र्याउने प्रयास हुन्छ।’

खसीमात्रै होइन, कुकुरा, रांगा, बंगुरलगायत मासुका लागि प्रयोग हुने पशुपक्षी बारम्बार फेला पर्ने गरेको अनुगमनमा संलग्न अनुसन्धान अधिकृत जितबहादुर ज्ञवालीले जानकारी दिए। उनका अनुसार जेठ १ गते एउटा मरेको भैंसी ट्रकमा भेटियो। वैशाख १० गते नवलपरासीबाट ल्याउँदै गरेको टाटा गाडीमा ३ वटा मरेका बुंगुर भेटिए।

वैशाख १४ गते पर्वतबाट ल्याउँदै गरेको अवस्थामा १ सय ५० कुखुरा फेला परे। ‘हामीले अनुगमनको क्रममा भेटाएका केही उदाहरण मात्रै हुन् यी त,’ उनले भने, ‘यसरी नै उपत्यकामा मरेका मासुजन्य पशुपक्षी बारम्बार भित्र्याउने प्रयास हुन्छ।’ उनकै अगुवाइमा क्वारेन्टाइन कार्यालय र नागढुंगा प्रहरी प्रभागको संयुक्त टोलीले पशुपक्षी अनुमगन गर्दै आएको छ ।

कन्जुमर आई नेपालले भने क्वारेन्टाइनले राम्रोसँग अनुगमन नगरेको आरोप लगाएको छ। ‘उपत्यका भित्र्निे प्रमुख नाका नागढुंगामा रहेको क्वारेनटाइनले राम्रोसँग अनुगमन गर्न सकिरहेको छैन,’ कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले भनिन्, ‘जसले गर्दा उपत्यकामा दैनिक मरेका पशु मासुका लागि भित्र्याइने गरिन्छ ।’ उनका अनुसार नागढुंगा नाका भएर दैनिक मरेका पशुपक्षी मासुका लागि भित्र्निे भए पनि क्वारेन्टाइनले आकलझुकल मात्रै नियन्त्रणमा लिने गरेको छ।

थानकोट प्रहरीका अनुसार नागढुंगा नाका भएर दैनिक ३२ गाडी कुखुरा, ३० गाडी रांगाभैंसी र १७ गाडी हाराहारीमा खसीबोका भित्र्निे गरेका छन्। ‘क्वारेन्टाइन र हाम्रो संयुक्त टोलीले सबै गाडी अनुगमन गरिरहेका छौं,’ प्रभागका प्रमुख तथा प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले भने, ‘तर, कतिपयले डिकीमा, बाहिर अन्य सामानले छोपेर ल्याउने गरेका छन्।’

क्वारेन्टाइन कार्यालयका अनुसन्धान अधिकृत ज्ञवालीले भने जनशक्तिको कमीले अनुगमन प्रभावकारी हुन नसकेको स्वीकार गरे। ‘नागढुंगा नाकामा हामीले सक्दो कडाइ गरेका छौं,’ उनले भने, ‘तर, विभिन्न तरिकाबाट मरेका पशुपंक्षी उपत्यकामा प्रवेश गराउने कार्य भइरहेको छ।’

नागढुंगामा चेक जाँच हुन थालेपछि मरेका पशुपक्षी चोभार–बल्खु तथा भक्तपुर नाका भएर उपत्यका भित्रिन थालेका छन्। ती ठाउँहरुमा पशु क्वारेन्टाइन चेकपोष्ट छैनन्। यसरी भित्रिने मरेका खसीबोका तथा राँगाभैंसी व्यापारी र मासु व्यवसायीको मिलेमतोमा मासुको रूपमा बेचिने गरेको ज्ञवालीले जनाए।

कन्जुमर आई नेपालकी अध्यक्ष खनालले पनि उपत्यकाका अधिकांश मासु पसलमा मरेका पशुपक्षीको मासु बेचिने गरेको र यसबाट उपभोक्ताको स्वास्थ्यमा खेलबाड भइरहेको बताइन्। उनले यसलाई नियन्त्रण गर्न सरकारले केही नगरेको गुनासो गरिन्।

कडा कानुन नहुँदा पनि व्यवसायीले बारम्बार मरेका खसीबोका तथा रांगाभैंसी भित्र्याउने गरेको ज्ञवालीको अनुमान छ। पशु स्वास्थ्य ऐनले मरेका पशुपंक्षी भित्र्याएमा बढीमा पाँच हजारसम्म जरिवाना गर्ने अधिकार क्वारेन्टाइनलाई दिएको छ। ‘कानुनमा पाँच हजारसम्म जरिवाना गर्ने र मृत पशुपक्षी नष्ट गर्ने अधिकार छ,’ उनले भने, ‘एकपटक कारबाहीमा पर्दा बढीमा पाँच हजार तिरे उम्कन पाइहालिन्छ। यसैले पनि व्यापारीहरू मरेका पशुपक्षी भित्र्याउने प्रयास गरिरहन्छन्।’

नाकाबाट पशुपक्षी भित्र्याउँदा पशुस्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य हुन्छ। कतिपयले रिपोर्टसमेत नक्कली बनाएर ल्याउने गरेको ज्ञवालीले बताए । नागरिकमा समाचार छ ।

प्रकाशित मिति: Jun 8, 2017

प्रतिक्रिया दिनुहोस्