Logo
२४ मंसिर २०८१, सोमबार
(June 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करोडौं कुम्लाउने रामदेवको दाउ यसरी भयो असफल

काठमाडौं, २५ जेठ । योगगुरु रामदेवलाई नचिन्ने को होला र ? राम्रो÷नराम्रो भन्ने उनलाई धेरै छन् तर पछिल्लो उनले गुणस्तरहीन औषधी नेपालमा बेची कमाउधन्दा मच्चाएको पाइएको छ ।

नेपाल सरकारले हालै गरेको अनुगमनमा रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रले उत्पादन गरेका चार औषधिहरु नेपालमा विक्री वितरण गर्न रोक लगाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले एक सूचना जारी गरी गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले उक्त केन्द्रबाट उत्पादित चार प्रकारका औषधिलाई नेपाली बजारमा विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । साथै विभागले बजारमा रहेका ती औषधि तुरुन्त फिर्ता गर्न निर्देशनसमेत दिएको छ ।

विभागले औषधि ऐन २०३५ को दफा १४ अनुसार यस्तो निर्णय गरेको जनाएको छ । बजारमा रहेका त्यस्ता औषधिको विवरण औषधि व्यवस्था विभागमा पेश गर्न आयातकर्ता तथा उक्त कम्पनीका आधिकारीक प्रतिनिधिलाई निर्देशन दिइएको छ । उपभोक्तालाई पनि ती औषधिहरु प्रयोग नगर्न आह्वान गरिएको छ ।

विभागले प्रतिबन्ध लगाएका आयुर्वेदिक औषधिमा विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण र सितोपलादी चुर्ण रहेका छन् । सरकारले प्रतिबन्ध लगाएसँगै उनको कमाउधन्दा प्रभावित बनेको छ । पछिल्लो सयम रामदेवले नेपालका उच्च तहका नेता, अधिकारीलाई आफ्नो प्रलोभनमा पारि आफ्नो कमाउधन्दा चलाउँदै आएका थिए ।

प्रकाशित मिति: Jun 8, 2017

प्रतिक्रिया दिनुहोस्