Logo
१३ बैशाख २०८१, बिहीबार
(June 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमति-समझदारी र तीन तहको निर्वाचन मेरो प्राथमिकता: प्रधानमन्त्री

तपाईंका प्राथमिकता के हुन् ?

प्राथमिकता तीन तहको निर्वाचन स्वच्छ र स्वतन्त्रपूर्वक सम्पन्न गर्नु हो । दोस्रो चरणको स्थानीय निर्वाचन नजिकै आएकाले त्यसलाई सम्पन्न गराउने मेरो लक्ष्य हो ।

प्रधानमन्त्रीका रुपमा के, के गर्ने योजान बनाउनु भएको छ ?

योजना भनेकै देश र जनताका लागि काम गर्ने हो । सदनमा पनि मैले यस विषयमा आफ्नो धारणा राखिसकेको छु । त्यही नै मेरो आगामी कार्यक्रम हो ।

के, के हुन त कार्यक्रम ?

सहमति, समझदारी र सहकार्यको नीतिलाई अधिकतम अवलम्बन गर्दै सरकार सञ्चालन गर्ने, आर्थिक विकासका लागि काम गर्ने, पूर्वाधार विकासमा ठोस काम गर्ने, माघ ७ गतेसम्म संघ र प्रदेशको निर्वाचन गर्ने मेरा कार्यक्रम हुन् । दुरगामी र रणनीतिक महत्वका योजनालाई निरन्तरता दिने , काठमाडौं–केरुङ मार्ग निर्माणमा तीव्रता दिने, वान वेल्ट वान रोडलाई अघि बढाउने छु ।

एमालेलगायत प्रतिपक्षलाई कसरी लैजानु हुन्छ ?

प्रतिपक्षीको रचनात्मक आलोचना र सुझावको सदा स्वागत गर्नेछु । शासन सञ्चालनको पद्धति र प्रक्रियामा कानुनको पूर्ण पालना, पारदर्शिता, इमानदारी र जवाफदेही स्थापित गर्ने प्रयास गर्नेछु ।

छिमेकी मुलुकप्रति कस्तो नीति लिनुहुन्छ ?

दुई छिमेकी मित्र राष्ट्र भारत र चीनसँग समनिकटता र पारस्परिक सम्बन्ध छ । त्यसै आधारमा सम्बन्ध अझै सुदृढ गर्दै लैजानेछु । भारत र चीनका विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने र दुवै छिमेकीसँग मिलेर काम गर्ने मेरो लक्ष्य हुनेछ ।

नागरिक समाज तथा सञ्चार क्षेत्रको स्वस्थ, सटिक र सिर्जनात्मक आलोचनाको सदा सम्मान गर्दै अगाडि बढ्नेछु ।

(देउवाले संसद् भवनबाट बाहिरिँदा दिएको प्रतिक्रिया)

प्रकाशित मिति: Jun 7, 2017

प्रतिक्रिया दिनुहोस्