Logo
७ बैशाख २०८१, शुक्रबार
(June 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम नेपालको निर्णयः प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

उपेन्द्र यादव, अध्यक्ष, सघिंय समाजवादी पार्टी

काठमाडौ, जेठ २१: उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा जिताउनका लागि मतदान गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेसले सविधान संशोधन गर्ने तथा भएका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको आधारमा समर्थन गर्ने निर्णय गरेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । यद्यपी आफूहरु सरकारमा सहभागि नहुने उनले बताए ।

फोरम नेपाल संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । स्थानीय तहको चुनावमा भाग समेत लिएका सो पार्टीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपनि सरकारमा भने सहभागि नहुने जनाइएको छ ।

प्रकाशित मिति: Jun 4, 2017

प्रतिक्रिया दिनुहोस्