Logo
२३ मंसिर २०८१, आईतबार
(May 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजविराजमा प्रहरी र RJP कार्यकर्ताबीच झडप, फोरम सहभागी भएन

राजविराज, जेष्ठ १६ : सप्तरीको  राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्न लगएका राष्ट्रिय जनता पार्टी, नेपालका कार्यकर्तालाई प्रहरीले रोकेको छ ।

ठूलो संख्यामा उपस्थित भएका प्रहरीले राजपा कार्यकर्तालाई तालाबन्दी गर्न दिएको छैन । तर, आन्दोलनकारीले जसरी पनि तालाबन्दी गर्ने भन्दै अड्डी कसेर बसेका थिए ।

प्रहरीले तालाबन्दीमा अबरोध गरेपछि झडप भएको छ । झडपमा राजपा कार्यकर्ता सतिशकुमार सिंह घाइते भएका छन् । उनको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनमा पहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेको संघीय समाजवादी फोरम भने सहभागी छैन । राजपासमेत रहेको संघीय गठबन्धनको केन्द्रीय आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार देशभरका स्थानीय निकायमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने थियो ।

प्रकाशित मिति: May 30, 2017

प्रतिक्रिया दिनुहोस्