Logo
११ बैशाख २०८१, मंगलबार
(May 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ज्यू, 4G र बीमामा भ्रष्टाचारको गन्ध आयो नी ?

काठमाडौं, १६ जेठ । अर्थमन्त्रीले बजेट पेश गरे, बजेटमा सुशासनका कुरा र भ्रष्टाचार नियन्त्रण गर्ने फुर्ति पनि लगाए । जसले एनसेललाई फोर जी सेवा दिनुपर्छ भनेर खाए, राष्ट्रले पाउनुपर्ने ३३ अर्ब लाभकर उठाउन सकेनन् र निर्वाचन आचार संहिता उल्लंघन गरेर १० नयाँ बीमा कम्पनी खोल्न अनुमति दिएर पनि करोडौं घूस खाए, उनले भ्रष्टाचार अन्त्यको डिङ हाँक्न मिल्छ ?

मिल्दो रहेछ, जो चोर उसैको ठूलो स्वर भन्ने उखान प्रचण्ड सरकारमा खुब लागु भएको छ । लेखा समितिलाई छलेर र विकास समितिको सिफारिस पारेर अर्थमन्त्रीसहितको सेटिङमा एनसेललाई फोरजी सेवा दिइयो र लेखा समितिले आफ्नो कार्यक्षेत्र किन उल्लंघन गरेको भनेर ३३ अर्व लाभकर नतिरेसम्म फोरजी सेवा नदिनु भन्ने अर्को निर्णय गरेपछि एनसेलले पाइसकेको फोरजी सेवा काटिएको छ ।

अब एनसेलले ३३ अर्व लाभकर चुक्ता नगरेसम्म फोरजी सेवा नपाउने पक्का भएको छ । यस मामिलामा प्रचण्ड सरकार समेत भ्रष्टाचारी साबित हुनपुगेको छ । लेखा समितिमै पुगेर उठाउन सकिन्छ, एनसेल भागेको छैन भन्ने प्रधानमन्त्रीले एनसेलसँग लाभकर उठाउन कुनै चासो नै राखेनन् र देउवालाई सत्ता हस्तान्तरण गर्दैछन् ।

यस मामिलामा भित्री खेलाडी र च्याँखे बल्झाउने दूरसञ्चार प्राधिकरणका कार्यकारी डी झासमेत मुछिन पुगेका छन् । उनले घुमाएर एनसेललाई फोरजी सेवा खोलिदिएका थिए ।

प्रकाशित मिति: May 30, 2017

प्रतिक्रिया दिनुहोस्