Logo
११ बैशाख २०८१, मंगलबार
(May 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशभर संघीय गठबन्धनद्धारा लाठी जुलुस प्रदर्शन

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले आइतबार मधेशका जिल्लाहरुमा लाठी जुलुस प्रदर्शन गरेको छ । गठबन्धनको घोषित कार्यक्रमअनुसार मधेशका सम्पूर्ण जिल्लामा लाठी जुलुस प्रदर्शन गरिएको छ ।

शनिबार मधेशका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरिएको थियो । संविधान संशोधन विना निर्वाचन गराइएको विरोधमा निर्वाचन विथोल्न गठबन्धनले आन्दोलनको घोषणा गरेको हो ।

गठबन्धनको आन्दोलनअनुसार सोमबार गठबन्धनले सम्पूर्ण जिल्लामा दिउँसो अन्तरक्रिया गर्नेछ भने साँझ मैनबती प्रज्वलन गरी सहिदहरुप्रति श्रद्धाञ्जली दिनेछ । झापामा समेत आज लाठी जुलुस पर्दशन गरिएको छ ।

प्रकाशित मिति: May 28, 2017

प्रतिक्रिया दिनुहोस्