Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ दलबीच भएन सहमतिः राजपाले अब आन्दोलन चर्काउने

काठमाडौं । प्रमुख तीन दल र   आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच सहमति हुन नसके पछि राजपाले आन्दोलन चर्काउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राजपासहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको छलफलमा सहमति हुन नसकेको हो ।

बैठकमा सहमति हुन नसकेपछि राजपाका नेताहरुले आन्दोलन थप सशक्त बनाउने बताए । शनिबार दिउँसो पाँच बजेबाट सुरु भएको छलफलको एक घण्टा नपुग्दै राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बैठकबाट बाहिरिएका थिए । अन्य नेताहरुले राती करिब ९ बजेसम्म निरन्तर छलफल गरे पनि सहमति हुन सकेन ।

बैठकमा संविधान संशोधन अहिले सम्भव नभएको भन्दै राजपालाई पार्टी दर्ता र चुनावको तयारीका लागि दुई सातासम्म निर्वाचन सार्न सकिने प्रमुख दलका नेताहरुले आश्वासन दिएका थिए । बैठकमा प्रमुख तीन दलले अहिले संविधान संशोधन हुन नसक्ने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गरेको थियो । तर राजपाका नेताहरुले संविधान संशोधन विना कुनै पनि निर्वाचनमा सहभागी नहुने बताएका थिए ।

 

प्रकाशित मिति: May 28, 2017

प्रतिक्रिया दिनुहोस्