Logo
१५ चैत्र २०८०, बिहीबार
(May 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा राजपा सहभागि हुँदैन’

काठमाडौं, जेठ १३: राष्ट्रिय जनता पार्टी, नेपालले मधेशको माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा पनि भाग लिन नसकिने स्पष्ट पारेको छ । पार्टीका नेता राजेन्द्र महतोले यथास्थितिमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पारे ।

नेता महतोले सरकारको गलत नीतिका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप पनि लगाए । राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको संख्या जनसंख्याको आधारमा थप नगरिए निर्वाचनमा भाग लिन नसकिने अडान राख्दै शुक्रबार एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।

उनले यथास्थितिमा मधेशमा निर्वाचन हुनै नदिने चेतावनी पनि दिए । नेता महतोले सेना परिचालन गरेर निर्वाचन गरिए मुलुक गम्भिर दुर्घटनामा फस्ने दावी समेत गरे । शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन पुनः दवाव दिए ।

 

प्रकाशित मिति: May 27, 2017

प्रतिक्रिया दिनुहोस्