Logo
१५ चैत्र २०८०, बिहीबार
(May 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको दनक पछि प्रधानमन्त्री थचक्क !

काठमाडौं, १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता हेरफेरको विषयमा आक्रमक बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जवाफ बिहिन बनेका छन् ।

राजीनामा दिने तयारीमा रहेका प्रचण्डलाई ओलीले चुनावका बेला किन दिनुपर्यो ? भनि सर्बदलिय बैठकमा प्रतिप्रश्न गरिरहेका थिए । चुनावका मुखमा प्रधानमन्त्रीको राजीनामा आउँदा समस्या पर्ने भन्दै ओलीले सत्ता परिवर्तनको खेल बन्द गर्न भनेपछि कांग्रेस सभापती शेरबहादुर देउवा ओली सामु रुष्ट छन् भने प्रचण्ड जवाफ बिहीन छन् ।

हिज संसदमा विशेष संवोधन गर्दै सत्ता छाड्ने तयारी गरेको प्रचण्डले एमालेसँग कुरा नमिल्दा सम्बोधन गर्नै पाएनन् । स्रोतका अनुसार, आज बसेको तीन दलको बैठकमा एमालेका अध्यक्ष ओली अनुपस्थित भएका छन् ।

अब संसद सुचारु नभए पछि प्रधानमन्त्रीले सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेको उच्च स्रोत बताउँछ ।
संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री प्रचण्डले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, एमाले अध्यक्ष ओली गएनन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्डले ओलीलाई दुई पटक फोन गरेर आउन आग्रह गरे । तर, एमाले अध्यक्ष नगएपछि बैठक नै हुन सकेन ।

अहिले तीन दलका नेताहरु संसदमा छन् । तर, तीन दलको बैठक बस्न सकेको छैन । सहमतिको प्रयास असफल भए प्रधानमन्त्रीले सिंहदरबारबाटै देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने सम्भावना रहेको उनी निकट स्रोतले जनाएको छ । अब के होला हेर्न बाँकी छ ।

प्रकाशित मिति: May 24, 2017

प्रतिक्रिया दिनुहोस्