Logo
८ बैशाख २०८१, शनिबार
(May 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेसमा बढ्न थाल्यो चुनावी सरगर्मी

काठमाडौं, जेठ ९ : तराई मधेसकेन्द्रित राजनीतिक दलहरु आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिल्लाजिल्ला घुम्दै चुनावी तयारीमा लागेका छन्। यादवले संविधान संशोधनलगायत मधेस आन्दोलनको एजेण्डा सम्बोधन गराउन पनि चुनावलाई संघर्षकै रुपमा बुझेर अघि बढिरहेको बताए ।

यादवले राजपालगायत मधेसका अन्य पार्टीसँग छलफल गरेर साझा उम्मेदवार चयन गर्ने बताए। कांग्रेस, एमाले र माओवादी केन्द्र पनि जोडतोडका साथ चुनावी तयारीमा जुटिसकेका छन् ।

अधिकांश स्थानमा उम्मेदवार टुंगो लागिसके पनि केही स्थानमा टुंगो लगाउन बाँकी रहेको दलहरुले जनाएका छन्। कांग्रेसले जेठ १२ गतेसम्म सबै तहमा उम्मेदवार तय गर्ने भएको छ ।

‘जेठ १० सम्म सबै उम्मेदवारको सूची पेस हुने र १२ गते सम्ममा टुंगो लगाइसक्ने तयारी छ’, कांग्रेस धनुषाका सचिव सन्तोष यादवले भने । आजको नागरिकमा खबर छ।

प्रकाशित मिति: May 23, 2017

प्रतिक्रिया दिनुहोस्