Logo
१२ बैशाख २०८१, बुधबार
(May 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी नेतालाई आवेगमा नआउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, जेठ ९ : प्रधानमन्त्री पुष्पकमल दाहालले राजपासहितको संघीय गठबन्धनलाई आवेगमा आएर तत्काल आन्दोलनका कार्यक्रम घोषणा नगर्न आग्रह गरेका छन् ।

राजपाका नेताहरूले सोमबार गठबन्धनको बैठकमा दोस्रो तहको निर्वाचनविरुद्ध आन्दोलनमा जाने निर्णय गर्न लाग्दा प्रधानमन्त्री दाहालले महन्थ ठाकुरलाई फोन गरेर आन्दोलनका कार्यक्रम तत्काल घोषणा नगर्न आग्रह गरे । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्रीको आग्रहअनुसार मंगलबारसम्म सरकारको निर्णय पर्खने अनौपचारिक सहमति भएको जानकारी दिए ।

उनले प्रधानमन्त्रीले गरेको फोनबारे जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीले फोन गरेर मंगलबार दिउँसोसम्म आन्दोलन घोषणा नगर्न आग्रह गर्नुभयो । सरकारले हाम्रा मागका विषयमा अन्तिम निर्णय नगर्दासम्म विश्वास गर्ने वातावरण छैन ।’

प्रकाशित मिति: May 23, 2017

प्रतिक्रिया दिनुहोस्