बिराटनगर र विरगंज महानगर घोषणा :२२ स्थानीय तह थपियो (सुचि सहित)
काठमाडौं, ८ जेठ : सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरलाई महानगर बनाउने निर्णय गरेको छ । २२ स्थानीय तह थप गरेको छ भने २४ गाउापालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ ।
सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो ।
स्थानीय तहको संख्या परिमार्जनमा लागि सरकारले गठन गरेको कार्यदलले तराईका १९ जिल्लामा २३ स्थानीय तह थप गर्ने प्रतिवेदन तयार पारेको थियो ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदार संयोजक, कानुन मन्त्री अजयशंकर नायक र रक्षामन्त्री वालकृष्ण खाँण सदस्य रहेको समितिले विरगञ्ज र बिराटनगरलाई महानगरपालिका बनाँउने प्रस्ताव गरेको छ ।
यस्तै २४ गाउपालिकालाई नगरपालिकामा स्तोरोन्नती गर्ने र तराईका १९ जिल्लामा २३ वटा नयाँ स्थानीय तह थप्न गर्न प्रस्वाव गरेको हो ।
यी हुन नयाँ २३ वटा स्थानीय तह थप हुने जिल्लाहरु :
सुनसरी २ स्थानीय तह थप हुने
सप्तरी :१ स्थानीय तह थप हुने
धनुषा : १ स्थानीय तह थप हुने
सिरहा : १ स्थानीय तह थप हुने
पर्सा : २ स्थानीय तह थप हुने
रौतहट : २ स्थानीय तह थप हुने
सर्लाही :३ स्थानीय तह थप हुने
बारा : १ स्थानीय तह थप हुने
नवलपरासी : ३ स्थानीय तह थप हुने
रुपन्देही : ३ स्थानीय तह थप हुने
कपिलवस्तु : ३ स्थानीय तह थप हुने
कैलाली : १ स्थानीय तह थप हुने
बाँके : १ स्थानीय तह थप हुने
यी जिल्लाका निम्न संख्याका गाँउपालिका नगरपालिकामा स्तरोन्नती :
झापा : १
रौतहट : ११
धनुषा : १
बारा : १
रुपन्देही : २
बाँके : २
कैलाली : १
महोत्तरी : ३
यी जिल्लामा रहेका २४ गाँउपालिकालाई नगरपालिकामा स्तरोन्नतीको प्रस्ताव गरिएको छ । यसबारे मन्त्रीपरिषदको बैठकमा छलफल भइरहेको छ ।