Logo
१२ बैशाख २०८१, बुधबार
(May 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबको चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

काठमाडौं, ८ जेठ : राष्ट्रपति विद्या भण्डारीले दोस्रो चरणको चुनावमा पनि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । बैशाख ३१ गते भएको पहिलो चरणको चुनावमा पनि सेना परिचालन गरिएको थियो । ‘व्याकअप फोर्स’ का रुपमा परिचालिन हुने नेपाली सेना चुनावी सुरक्षाको तेस्रो घेरामा मात्र बस्नेछ ।

सुरक्षा परिषदको सिफारिसमा सरकारले जेठ ३१ को चुनावमा सेना परिचालनको निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा २ बमोजिम चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  पहिलो घेरमा नेपाल प्रहरी र जनपद तथा दोस्रो घेरामा सशस्त्र प्रहरी रहन्छन् ।

प्रकाशित मिति: May 22, 2017

प्रतिक्रिया दिनुहोस्