Logo
८ बैशाख २०८१, शनिबार
(May 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा अध्यक्ष कमल थापाकै गृहजिल्लाबाट गाई लखेटियो

काठमाडौं, ७ जेठ । राप्रपा अध्यक्ष कमल थापाकै गृहजिल्लाबाट राप्रपा लखेटिएको छ । थापाको गृहजिल्ला मकवानपुरमा स्थानीय तह पहिलो चरणको निर्वाचनमा नतिजा हालसम्म शुन्य छ । बाबुराम र कमल थापाको सपना तुहिएकै हो ?

निर्वाचन पहिले निकै शक्त दावेदारका रुपमा हेरिएको राप्रपालाई स्थानीय तह निर्वाचनले गतिलो झापड हानेको हो । एमालेको धोकाले राजावादी जिल्ल !

आफुहरुलाई हिन्दुधारको नेतृत्वकर्ताका रुपमा ब्यख्या गर्दै आएको राप्रपाले थापाकै गृहजिल्लामा एक स्थानमा पनि अग्रता कायम गर्न नसकेपछि मकवानुपुरमा राप्रपाको राजनीतिक भविष्य के हुने भन्ने विश्लेषण गर्न थालिएको समाचार स्रोत बताउछ ।

दोस्रो संविधानसभा हटौडा महानगर क्षेत्रमा दोस्रो स्थानमा रहन सफल राप्रपा स्थानीय तहको हालसम्मको परिणाममा भने निकै खुम्चिएको हो । कमल थापाले ०५१ सालमा संसदीय निर्वाचन जितेको राप्रपाको बलियो उपस्थिती रहेको क्षेत्र नम्बर १ को तीन गाउँपालिकामा राप्रपा चौथो भएको छ । अरुको गन्थन : कमल थापाको आत्ममन्थन

चौथो पनि निकै कम नतिजाका साथमा बनेको बताइन्छ । पछिल्लो समय पार्टी भित्र देखिएको फुट, राजाको विरासत भुल्नु, हिन्दु राष्ट्रको मागमा दरिलो नहुनु, पार्टीलाई मिलाएर थापाले नलगि सत्तामा लिप्त हुदाँ पार्टी तहसनहस भएको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: May 21, 2017

प्रतिक्रिया दिनुहोस्