Logo
१३ बैशाख २०८१, बिहीबार
(May 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आई पे रेमिट्यान्स र अल्पाईन डेभलपमेण्ट बीच सम्झौता

काठमाडौं, ५ जेठ । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी आई पेरेमिट्यान्स र नेपालको अल्पाईन डेभलपमेण्ट बैंक लिमिटेड बीच रेमिट्यान्स सम्झौता भएको छ ।

विदेशबाट आई पे मार्फत पठाएको पैसा अल्पाईन डेभलपमेण्ट बैंक लिमिटेड को सम्पूर्ण शाखाहरुबाट ग्राहकहरुले आफुलाई पायक पन अल्पाईन डेभलपमेण्ट बैंक लिमिटेड को शाखा बाट भुक्तानी लिन सक्ने छन् ।

विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पे ले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

आई पे रेमिट्यान्स को नेपाल भर ३५०० भन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् र बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टर हरुबाट ग्राहकहरुले भुक्तानी लिन सक्ने छन् ।

प्रकाशित मिति: May 19, 2017

प्रतिक्रिया दिनुहोस्