Logo
१२ बैशाख २०८१, बुधबार
(May 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब के हुन्छः  बालुवाटारमा राप्रपासहित सत्तारुढ दलको बैठक

काठमाडौ, जेठ ४ : संविधान संशोधन बिधेयक, दोस्रो चरणको स्थानीय निर्वाचन लगायतका विषयमा छलफल गर्न राप्रपासहित सत्तारुढ दलको बैठक बालुवाटारमा बसेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, बर्षमान पुन सहभागि छन् भने नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, बिमलेन्द्र निधी सहभागि छन् ।

त्यस्तै राप्रपाबाट कमल थापा, सुनील थापा र विक्रम पाण्डे सहभागी छन् । बैठकमा संविधान संशोधन प्रस्ताव आगामी संसद बैठकमा कसरी अघि बढाउने तथा दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपालाई कसरी सहभागी गराउने भन्नेमा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।

प्रकाशित मिति: May 18, 2017

प्रतिक्रिया दिनुहोस्