Logo
६ बैशाख २०८१, बिहीबार
(May 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीको आक्रमण : ‘देशका जनता भेडै नै रहेछन्’

काठमाण्डौ, जेठ ४ : दुर्गम, पहाडी इलाकाका निर्वाचन परिणामबाट आत्तिएका माओवादी केन्द्रका नेताहरुले राजधानीवासीलाई गणेशमानले भनेजस्तै भेडैबाख्रै रहेछन् भनेर अभिव्यक्ति–हमला गरेका छन् । त्यसै पनि भरतपुर महानगरमा प्रचण्डपुत्री रेणु दाहाल १५ सयभन्दा बढी मतले पछाडि परिसकेको स्थ्तििबाट सातो गएका र कांग्रेससँग झगडा गर्न थालेका माओवादीहरु कांग्रेले घात गरिदियो भन्दाभन्दै राजधानीवासीमाथिसमेत आक्रोसित हुनपुगेका छन् ।

अचम्म, राजधानीवासीले साझा र विवेकशील पार्टीको स्तरमा माओवादीलाई झारिदिएपछि माओवादी केन्द्रका नेताहरु नराम्ररी रिसाएका हुन् । राजधानीको बाटो फराकिलो पारिदियौं, लोडसेडिङ हटाइदियौं, यस्तो माओवादी केन्द्रका उमेदवारलाई मत नदिएर राजधानीवासीले अन्याय गरे भन्ने गुनासो छ पेरिस डाँडाको । माओवादीले गुण लगायो, मतदाता बैगुनी निस्के भन्दै पेरिस डाँडामा माओवादी केन्द्रका नेताहरु जम्मा भइरहेका छन् र चुनावी हारले पीडित देखिन्छन् । त्यही पीडाबोधको प्रतिध्वनी प्रष्टै सुन्न थालिएको छ ।

हुन पनि सहर र चेतनशील कुनै बर्ग बढी भएको कुनै पनि निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गर्न सकेको छैन । र, प्रवक्ता पम्फा भुसालका अनुसार जनतालाई धन्यवाद नै दिनुपर्छ, परिणामबारे गम्भीर समीक्षा गरेर अघि बढ्नेछौं भनेकी छिन् । उनको दावी छ जो गरीव र दुःखी छ, ती जनताले माओवादी केन्द्रलाई मनपराएकोमा पुनः धन्यवाद दिएकी छिन् ।

प्रकाशित मिति: May 18, 2017

प्रतिक्रिया दिनुहोस्