Logo
१३ बैशाख २०८१, बिहीबार
(May 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अब राजीनामा दिन्छु, बजेट कामचलाउ सरकारले ल्याउँछ’ : प्रधानमन्त्री

काठमाडौं,  जेठ १ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले जेठ ७ गतेभित्र संसद्ला‌ई सम्बोधन गरेर राजीनामा दिने बताएका छन् ।

राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्‌लाई सम्बोधन गरेर राजीनामा दिन लागेको बताए ।

संसद् बैठक जेठ ४ गते बस्दैछ । स्थानीय तहको चुनाव सफल बनाएकोमा खुशी देखिएका प्रधानमन्त्रीले जेठ ५ गतेभित्र राजीनामा दिने जानकारी दिएको राजपाका नेता राजकिशोर यादवले जानकारी दिए ।

साथै उनले दोस्रो चरणको चुनावअघि नै कुनैपनि हालतमा  संविधान संशोधन गर्न आफूले प्रयास गर्ने प्रधानमन्त्रीले राजपाका नेताहरुलाई आश्वस्त पारेका छन् । आफूले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने प्रधानमन्त्रीले मधेसी नेताहरुलाई जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: May 15, 2017

प्रतिक्रिया दिनुहोस्