Logo
१५ चैत्र २०८०, बिहीबार
(May 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीले राज्यसत्ताको चरम दुरुपयोग गरे : योगेश


काठमाडौं, ३१ बैशाख । नेकपा एमालेका सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले गृहमंत्री विमलेन्द्र नीधिले राज्यसत्ताको चरम दुरुपयोग गरेको बताएका छन् ।

राजधानीमा संचारकर्मीसँग कुराकानी गर्दै राज्यसत्ताको चरम दुरुपयोग गर्दै गृहमंत्री नीधिले स्थानीय तहको निर्वाचनमा एमालेका सन्दर्भमा भ्रामक अभिव्यक्ति दिएको भन्दै आक्रोस पोखेका हुन ।

उनले भने, ‘एमाले संयमतापूर्वक निर्वाचनमा सहभागी छ । हामीले कहीकतै कानुनलाई आफ्नो हातमा लिने र निर्वाचनमा अवरोध हुने कुनै काम गरेका छैनौ तर यी सबै घटनाक्रमलाई सुक्ष्मढंगले नियाली राखेका छौ र ती सबै घटनाक्रम हाम्रो रेकर्डमा रहन्छ ।’

उनले इतिहासमै सबैभन्दा बढी सत्ताको दुरुपयोग भएको उल्लेख गर्दै एमालेले आमजनताको बलमा त्यस्ता दुरुपयोगलाई निस्तेज पार्ने विश्वास व्यक्त गरे ।

सत्ताधारी गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरूले स्थानीय प्रशासनको सहयोगमा दोलखाको तामाकोशी र बैत्यश्वर गाउपालिका र नेपाली काँग्रेसले हुम्लाको खर्पुनाथ गाउपालिकामा फायर गर्दै मतदाता लखेटेर बुथ कब्जा गरेको उनको आरोप छ ।

दोलखा रामेछाप र हुम्लामा स्थानीय प्रहरी प्रशासनको संलग्नतामा मतदान केन्द्रबाट मतदातालाई लखेटने हतियारको प्रर्दशन र फायरिङ गरेर बुथ कब्जा गर्ने कामले पनि गृहमंत्रीको संलग्नतालाई पुष्टि गरेको एमालेको दावी छ ।

प्रकाशित मिति: May 14, 2017

प्रतिक्रिया दिनुहोस्