Logo
१३ बैशाख २०८१, बिहीबार
(May 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक सुनसान : मतदान कार्य सुरु

काठमाडौँ, वैशाख ३१: स्थानीय तह निर्वाचनको पहिलो चरणअन्तर्गत मतदान कार्य सुरु भएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

आज बिहानैबाट राजधानीका सडक सुनसान । एम्बुलेन्स, सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन सञ्चालनमा छन् ।

स्थानीय तह निर्वाचनको मतदानको दिन आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् ।

ट्राफिक प्रहरी महाशाखाकाको अनुसार अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । रातोपाटीमा समाचार छ ।

सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा आउने छ ।विदेशबाट आएका पर्यटकहरुका लागि त्रिभुवन विमानस्थलबाट तीनवटा बेग्लाबेग्लै रुटमा सवारी साधन सञ्चालन गरिनेछ ।

प्रकाशित मिति: May 14, 2017

प्रतिक्रिया दिनुहोस्