Logo
७ बैशाख २०८१, शुक्रबार
(May 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘चुनावपछि मात्र संशोधन र न्यायालय विवादको समाधान’

काठमाडौं,  बैशाख २५ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले न्यायापालिका र व्यवस्थापिका संसदबीचको विवादलाई पहिलो चरणको चुनाव लगत्तै समाधान गर्ने बताएका छन् । उनले एमालेको सहयोग लिएर सर्वसहमतिमा संविधान संशोधन गर्न चाहेको र त्यसबारे छलफल भइरहेको बताएका हुन् । कांग्रेस नेतासमेत रहेका मन्त्री लेखकले चुनावपछि संविधान संशोधनको विवाद पनि मिल्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार भेटघाटमा मन्त्री लेखकले संविधान संशोधनको विधेयकमा राजपा लगायत सरोकारवाला दल र सत्तारुढ दलमा कुनै मतभिन्नता नरहेको भन्दै थोरै प्राविधिक समस्या सल्टाउनुपर्ने बताए । उनले भने, ‘अब संशोधनका लागि प्राविधिक काम बाँकी छ, त्यसका लागि एमालेले असहयोग गर्दैन भन्ने हाम्रो विश्वास छ ।’

उनले व्यवस्थापिका, न्यायालय र कार्यपालिकावीच देखिएको अधिकार क्षेत्रको दुविधा निर्वाचन पश्चात संविधान संवत रुपमा समाधान गर्ने बताएका छन् । चुनाव अघि अब यस विषयमा प्रवेश नगर्ने बताएका हुन् ।

यसैबीच नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारको क्रममा आफ्नो पार्टीलाई लक्षित गरी आक्रमण भएको भन्दै भ्रत्सना गरेको छ । कांग्रेसले यस्ता घटना तत्काल बन्द गरेर शान्तिपूर्ण प्रतिस्पर्धामा आउन पनि सम्वन्धित दललाई आग्रह गरेको छ ।

हिजो चितवनमा विप्लव नेतत्वको नेपाल कम्प्युनिष्ट पार्टीले कांग्रेसको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा तोडफोड र आगजनी गरेको थियो ।  कांग्रेसले त्यस्ता घटनाबाट विचलित नभइ निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई अपील समेत गरेको छ ।

प्रकाशित मिति: May 8, 2017

प्रतिक्रिया दिनुहोस्