Logo
६ बैशाख २०८१, बिहीबार
(May 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतान्त्रिक फोरमबाट गच्छदारसहित देव र दहितले सपथ लिए

काठमाडौं, वैशाख २५ : नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष विजयकुमार गच्छदारसहित तीन मन्त्रीले सोमवार सपथ लिएका छन् । गच्छदारले उपप्रधानसहित संघीय तथा स्थानीय विकास मन्त्रीको सपथ लिएका छन् । लोकतान्त्रिक फोरमका जितेन्द्र देवले पर्यटन तथा गोपाल दहितले भूमिसुधार मन्त्रीको सपथ लिएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन आउन ६ दिन मात्रै बाँकी रहँदा राप्रपाले छाडेर रिक्त रहेको मन्त्रालयको जिम्मा गच्छदारलाई दिइएको हो ।

राप्रपा सरकारबाट बाहिरिएपछि उपप्रधानमन्त्रीसहित तीन वटा मन्त्रालय पाएको लोकतान्त्रिक फोरमका तर्फबाट मन्त्री तीन जनाले सोमवार साँझ राष्ट्रपति भवन शितल निवासमा सपथ लिएका हुन् । यसअघि राप्रपाले पाएका मन्त्रालय गच्छदारको पार्टीले पाएको हो । राप्रपाका थापा उपप्रधान तथा स्थानीय विकास मन्त्री, विक्रम पाण्डे भूमिसुधार र दिलनाथ गिरी पर्यटन मन्त्री थिए ।

कैलालीको टिकापुर घटनामा परी बन्दी बनाइएका आफ्ना कार्यकर्तालाई रिहा गर्ने सहमतिपछि सरकारमा सहभागी भएको फोरम लोकतान्त्रिकले बताएको छ ।

गच्छदारको १२ वर्षे सत्ता राजनीति

अनलाइन न्यूज पोर्टल रातोपाटीका अनुसार  २०४६ सालको आन्दोलनपछि बनेका सरकारमा गच्छदार निरन्तर कुनै न कुनै मन्त्री हुँदै आएका छन् । १२ वर्षसम्म उनी मन्त्री भएका उनी सबैजसो पार्टीको सरकारको स्वाद लिए । १२ वर्षमा गच्छदार १ सय ४२ महिना मन्त्री भएका छन् । पहिलो पटक उनी तत्कालिन कांग्रेस सभापति स्व.गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सहभागी थिए ।

२०४८ सालमा सञ्चार राज्यमन्त्रीबाट सरकारमा प्रवेश गरेका गच्छदार चार पटक उपप्रधानमन्त्री भइसकेका छन् । २०६६ सालमा उनी पहिलो उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री भएका थिए । उनी ६ पटक मात्रै भौतिक योजना मन्त्री भए भने एक पटक गृह र दुई पटक जलस्रोतमन्त्री भएका थिए ।

२०५६ सालमा पर्यटन मन्त्री भएका गच्छदार अहिले उपप्रधान तथा स्थानीय विकास मन्त्री हुने अवसर पाएका छन् । एमाले अध्यक्ष केपी ओली सरकार विस्थापित भई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएदेखि नै सरकारमा आउने गच्छदारले कसरत गर्दै आएका थिए । सरकारमा सहभागी हुने विषय झण्डै झण्डै विभाजित हुन लागेको गच्छदार नेतृत्वको पार्टीमा पछिल्लो पटक थ्रेस होल्डका कारण साना पार्टीहरु पनि मिसिन आइ आइपुगेका छन् । गच्छदार नेतृत्वको पार्टीको हाल संसदमा १५ सिट रहेको छ ।

प्रकाशित मिति: May 8, 2017

प्रतिक्रिया दिनुहोस्