Logo
८ बैशाख २०८१, शनिबार
(May 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावमा जाने/नजानेबारे निर्णय गर्न सिरहामा फोरमको बैठक

सिरहा, बैशाख २४ : संघीय समाजवादी फोरम नेपालको मधेसका ११ जिल्लाको शीर्ष बैठक आइतबारदेखि सिरहामा सुरु भएको छ । केन्द्र र जिल्लाका शीर्ष नेतृत्वलाई प्रशिक्षित गर्ने उद्देश्यले आयोजित बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु युवराज कार्की, रेणु यादव, लालबाबु राउत र केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादव सहभागी छन् ।

बैठकमा पर्सादेखि झापासम्मका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय परिषद् र जिल्ला अध्यक्षहरु सहभागी छन् । संविधान संशोधन नभएसम्म चुनावमा नजाने बताउँदै आएको फोरम नेपालले वैशाख ३१ गते हुने प्रदेश नं. ३, ४ र ६ को चुनावमा सहभागिता जनाएको छ । ‘पार्टीले पहाडमा उम्मेदवारी दिएपछि केही अवसरवादी विरोधी तत्वले हामीलाई कमजोर पार्न जनतामा भ्रम छर्ने प्रयास गरिरहेका छन् । कसैले भ्रम अफवाह फैलाउँदैमा केही फरक पर्दैन । त्यो भ्रम चिरेर जनतालाई यथार्थ बुझाउन र संविधान संशोधन नभए आगामी आन्दोलनको रणनीति बनाउन बैठक बोलाइएको छ’ लहान बैठकमा सहभागी केन्द्रीय कोषाध्यक्ष विजय यादवले भने ।

पछिल्लो समय विकसित राजनीतिक परिस्थितिको सामना गर्न पार्टीलाई झन् सुद्दढ, संगठित, चुस्त दुरुस्त र नेतृत्वपंक्तिलाई अझ प्रभावकारी ढंगले परिचालन गर्न शीर्ष नेताहरुको बैठक बोलाइएको उनले बताए । गोष्ठीमा अध्यक्ष यादवसहित अन्य शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । काठमाडौंमा रहेका पार्टी अध्यक्ष यादव आइतबार बिहानै लहान आएका थिए ।

प्रकाशित मिति: May 7, 2017

प्रतिक्रिया दिनुहोस्