Logo
८ बैशाख २०८१, शनिबार
(May 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादव संघीय गठबन्धनबाट निष्कासित, महन्थ ठाकुर भए संयोजक

काठमाण्डौ । बिनिा सहमती ‘सुटुक्क’ निर्वाचनमा भाग लिएको भन्दै संघिय गठबन्धनबाट सघिय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई निष्कासित गरिएको छ ।

संघिय गठबन्धनको मुद्दा यथावत रहेको भन्दै नयां संयोजक महन्थ ठाकुरद्धारा जारी विज्ञप्तीमा भनिएको छ : ‘संघिय गठबन्धनको अडान जारी छ ‘ ।

२९ दल सम्मिलित संघीय गठबन्धनले स्थानीय निर्वाचनमा सहभागी भएको भन्दै संयोजक उपेन्द्र यादवलाई निष्काशन गरेका हुन  । राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट एक्ल्याएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई संघीय गठबन्धनबाट पनि निकालिएको छ ।

उपेन्द्र यादवलाई संघीय गठबन्धनबाट हटाएर राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर त्यसको संयोजक बनेका छन् । शनिवार राजपा नेपालको अध्यक्ष मण्डल र संघीय गठबन्धनका (उपेन्द्र यादवबाहेक) अन्य घटकबीच भएको छलफलले उनलाई हटाइएको राजपा नेपालका प्रवक्ता कृष्ण सिहलाई जानकारी गराए ।

राष्ट्रिय जनता पार्टी, नेपालको विजुलीबजारस्थित कार्यालयमा बसेको बैठकले संविधान संशोधन नभई स्थानीय चुनावमा भाग लिएको भन्दै कारबाही गरेको हो । बैठकले नयाँ संयोजकमा राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई चयन गरेको छ ।

‘संघीय गठबन्धनको निर्णय, मूल्य मान्यता, सिद्धान्त विपरीत संघीय गठबन्धनका तत्कालिन संयोजक उपेन्द्र यादवज्यूले मधेसी–थारु, आदिवासी जनजाति, शिल्पी (दलित), मुस्लिम, उत्पीडित लगायतका समूदायको मुद्धाहरु बिसर्जन गर्दै आत्म समर्पणको कित्तामा गई, संविधान संशोधन बिना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा भएको हुँदा संघीय गठबन्धनबाट संयोजक समेतको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ,’ नवनियुक्त संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैठकले गठबन्धनले अघि सारेको मुद्धाहरु बमोजिम संविधान संशोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति: May 6, 2017

प्रतिक्रिया दिनुहोस्