Logo
१३ बैशाख २०८१, बिहीबार
(May 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाअभियोगका प्रस्तावक भन्छन् : ‘अब संवैधानिक संकट आयो’

काठमाडौं, बैशाख २२ :  प्रधानन्यायाधिश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावका प्रस्तावक काँग्रेस नेता एवम् सांसद मीनबहादुर विश्वकर्माले मुलुकमा संवैधानिक संकट आएको बताएका छन् ।

सर्वोच्च अदालतले आज प्रधानन्यायाधिश सुशीला काकीलाई आजैबाट काममा फर्कन आदेश दिएपछि प्रस्तावका प्रस्तावक विश्वकर्माको यस्तो प्रतिक्रिया आएको हो ।

सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको छ ।

विश्वकर्माले भने, राज्यका हरेक अंगले संविधानको पालना गरेको देखिएन । अब संवैधानिक संकट आयो । मुलुकमा संसद छ भन्ने कुराको अनुभूति नगरेको पाइयो ।

ओलीको प्रतिक्रियाः न्याय जिउँदो रहेछ

अदालतको आदेशपछि ओलीको प्रतिक्रियाः ‘न्याय जिउँदो रहेछ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान्यायाधीसविरुद्धको महाभियोगबारे सर्वोच्चले गरेको अन्तरिम आदेशले न्यायँ ज्यूदो रहेको अनुभूति भएको बताएका छन् ।

‘कतिपय हामीलाई पनि चित्त बुझेको छैन,’ ओलीले भने, ‘तर हामीले महाभियोग लगाएका छैनौ ।’ ओलीले महाभियोग दर्ताले अझै पनि केही नबिग्रेको उल्लेख गर्दै महाभियोग फिर्ता लिन आग्रह गरे ।

एमाले अध्यक्ष ओलीले बार एशोशिएसनप्रति पनि तिखो ब्यङग्य प्रहार गरे । समयको बारदेखि रक्सीखाने बारसमेतको चर्चा गर्दै ओलीले चार किसिमको बारमध्ये सबैभन्दा खराब अदालतको बार रहेको टिप्पणी गरे ।

शुक्रबार कान्तिपथस्थित एल्लो प्यागोडामा आयोजित पार्टीका उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीसमाथिको महाभियोग तथाकथित झुठो रहेको भन्ने पुष्टी भएको बताए ।

सत्तापक्षले निहीत स्वार्थमा महाभियोग दर्ता गराएको भन्दै केही उद्देश्य पूरा भएको आरोप लगाए । रातोपाटीमा समाचार छ ।

 

 

 

प्रकाशित मिति: May 5, 2017

प्रतिक्रिया दिनुहोस्