Logo
१३ बैशाख २०८१, बिहीबार
(May 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘राजपा’का नेतालाई शीतलनिवासबाट राष्ट्रपतिको निम्तो

काठमाडौ, वैशाख २२ :  नवगठित राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरुलाई राष्ट्रपति विद्यादेवी भाण्डरीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाएकी छिन् ।

दलहरु बीच ध्रुवीकरण बढिरहेको बेला राष्ट्रपति भण्डारीले मधेशी नेताहरुसँग छलफल गर्न लागेकी हुन् । राजपा पहिलो चरणको चुनावमा भाग लिएको छैन ।

संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपाले अडान लिँदै आएका छन् । यस अवस्थामा दोस्रो चरणको चुनाव अप्ठ्यारोमा पर्ने हो कि भनि शंका उत्पन्न भएको छ ।

राष्ट्रपति भण्डारीले आफूहरुलाई राष्ट्रपति भवनमा बोलाएपनि किन बोलाएको भन्ने थाहा नभएको राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले बताए ।

उता, एमालेले संसद अवरोध गरेपनि महाअभियोगमाथि छलफल गर्ने कार्यसुचि राखिएको थियो तर दोस्रो चरणको बैठकमा महाअभियोग विषयमा छलफल गर्न एमालेले दिएन ।

प्रधानन्ययाधीश सुशिला कार्कीमाथि लागेको महाअभियोग, संसदमा विचारधिन संशोधन विधेयक तथा स्थानीय चुनावको विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले राजपाका नेताहरुलाइ शुक्रबार ५ बजे शीतलनिवास बोलाएकी हुन् ।

 

 

 

 

प्रकाशित मिति: May 5, 2017

प्रतिक्रिया दिनुहोस्