Logo
७ बैशाख २०८१, शुक्रबार
(May 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘न्यायालयलाई मर्यादित बनाउन सुशीला कार्कीमाथि महाभियोग’

ललितपुर, बैशाख १८ : सत्ता साझेदार नेपाली काँग्रेसले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने पार्टीको अठोट रहेको र त्यसलाई पुरा गर्नेगरी निर्वाचनको कामलाई पार्टीले तीव्र गतिमा अघि बढाएको पनि स्पष्ट पारे ।

काँग्रेस नेता एवम् स्थानीय तहको निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले तोकिएकै मितिमा निर्वाचन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका हुन् । नेता लेखकले २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई पार्टीले ऐतिहासिक अवसरको रुपमा लिएको स्मरण पनि गराए ।

नेपाली काँग्रेसले न्यायालयलाई मर्यादित बनाउन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनु परेको प्रष्टिकरण पनि दिए । भने ‘न्यायालयले कार्यपालिकाकै सिमा र क्षेत्राधिकार मिचेपछि बाध्य भएर प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनु परेको हो् ।’

तेस्रो बरियतामा रहेका डिआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय खारेज गरेपछि नेपाली काँग्रेसले सर्वोच्च अदालतले कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै आएको थियो । नेता लेखकले प्रधानन्यायाधीश कार्कीले संविधान र कानुनले स्पष्ट तोकिदिएको क्षेत्राधिकार समेत मिचेर कार्यपालिकामाथि हस्तक्षेप गरेको आरोप पनि लगाए ।

 

प्रकाशित मिति: May 1, 2017

प्रतिक्रिया दिनुहोस्