Logo
१५ आश्विन २०८०, सोमबार
(May 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनका लागि भारतले गरियो ८६ वटा सवारीसाधन सहयोग 

काठमाडौँ, वैशाख १८: भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि रु आठ करोड ९१ लाख मूल्य बराबरका ८६ वटा सवारीसाधन सहयोगस्वरुप उपलब्ध गराएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन यही वैशाख ३१ र दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुँदैछ । भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि आयोगलाई ३५ वटा पिकअप, सात वटा स्करपियो जिप, पाँच वटा कार, एउटा मिनीबस, एउटा माइक्रो बस, ३० वटा पल्सर मोटरसाइकल र सात वटा स्कुटर उपलब्ध गराएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन आयोगमा आज आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले सवारीसाधनको साँचो हस्तान्तरण गरे । नेपाल–भारतबीच सहयोग आदानप्रदानको एउटा कडीको रुपमा पछिल्लो सहयोग उपलब्ध गराइएको यहाँ स्थित भारतीय राजदूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत पुरीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आयोगले गरिरहेको बृहत् तयारीप्रति बधाई दिदैं नेपालको सामाजिक र आर्थिक रुपान्तरण तथा शान्ति र स्थायित्वका लागि भारत सधैं सहयोग गर्न तत्पर रहेको बताए ।
नेपाल सरकारको आग्रहमा भारतले स्थानीय तह निर्वाचनका लागि सहयोग स्वरुप सवारीसाधन र बन्दोबस्तीका सामग्री उपलब्ध गराएको भारतीय राजदूतावासले जनाएको छ । रासस

प्रकाशित मिति: May 1, 2017

प्रतिक्रिया दिनुहोस्