Logo
८ बैशाख २०८१, शनिबार
(April 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटल हार्दिकको बितण्डाले प्रेस चौतारीमा खैलाबैला !

काठमाडौं, १५ बैशाख । पत्रकार महासंघ काठमाडौं शाखाको निवार्चन सम्पन्न भएको आज पाँच दिन भयो । निवार्चनमा एमाले निकट पत्रकारहरुको समुह चौतारी निकट प्यानलले विजय पनि हासिल गर्यो ।

तर निवार्चन सम्पन्न भएको दिन छिप्दिै जाँदा चौतारीका पत्रकार नेताहरुमा भने आन्तरिक खैलाबैलाले शास्ति बढाएको छ । जुन कुरा हो, पत्रकार महासंघ काठमाडौं शाखाको चुनाव हुनुको अघिल्लो दिन बागबजारस्थित होटल हार्दिकमा भएको बितण्डाले ।

घटना प्रकृती यस्तो !

महासंघको चुनावको अघिल्लो दिन प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेष बस्नेत, चौतारी काठमाडौं शाखाका अध्यक्ष लोकेन्द्र केसी, पत्रकार महासंघका नि.वर्तमान अध्यक्ष गोविन्द चौलागाईमाथी होटल हार्दिकमा हातपात भएको थियो ।

चौतारीका निर्वतमान अध्यक्ष राजेन्द्र अर्यालको समूहले महासंघ शाखामा चौतारी प्यानलमा आफ्ना निकटका व्यक्तीहरुलाई समितिमा ल्याउन टिकट दिनका निम्ति बस्नेतलाई दबाब दिदाँ यस्तो उत्पात मच्चिएको चौतारी निकटका एक पत्रकारले न्यूज अभियानलाई बताए ।

सो दिन अर्यालसहित चौतारीका उपाध्यक्ष विश्वमणी सुवेदी, अनलाइन खबरका पत्रकार मात्रिका पौडेल,साथै सन्तोष बराईली, हरिबल्भ नेपालको समुहले दिउँसैदेखि बागबजारमा मदिरा पिएका थिए । मदिराको मातमा साँझ उनीहरुले बस्नेतमाथी हातपात गरेको बुझिन्छ ।

काठमाडौं शाखामा अर्जुन खतिबडा, बिकास गिरी, सन्तोष बराईली,गणेष उप्रेतीलाई ल्याउन उनीहरुले बस्नेत समुहलाई दबाब दिएको र कुरा नमिलेपछि हातपातको अवस्था आएको बताइन्छ ।

स्रोतका अनुसार अर्जुनलाई अर्यालले,बराईलीलाई काठमाडौं शाखामा ल्याउन मत्रिकाले बोकेका थिए । त्यस्तै, उप्रेतीलाई विश्वमणीले बोकेका थिए ।

भने बिकासलाई अर्याललेनै उम्मेदार बनाउन खोजेका थिए । तर बस्नेत समुहले नमान्दा चुनावको अघिल्लो दिन करिब ५ : ३० बजे राजेन्द्र अर्याल सहितको समुहले बस्नेतमाथी आक्रमण गरेको अर्का चौतारी निकट पत्रकारले न्यूज अभियान प्रतिनिधिलाई बताए ।

सो समुहले हातपात गरेको दृष्य पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले लगायतको समुह टुलुटुलु हेर्न बाध्य भएको थियो । सो समुह त्यो दृष्य हेर्दा छक्क समेत परेका थियो ।

त्यो घटना घटेको दुई घण्टापछि अर्यालले दिपक पाण्डेमाथी हातपात गरेको बुझिन्छ । जसको टाउको र कोखमा चोट लागेको थियो । यसरी बस्नेत र अर्याल समुहको झडपका बेला अर्का पत्रकार सुरज आचार्यले सडकमै पाण्डेलाई भेटेका थिए ।

उनले घाइते अवस्थामा पाण्डेलाई भेटेपछि होलिडे इन होटलमा लगेर राखेका थिए । गणेष बस्नेत अन्तिम झडप पछि हार्दिक होटल छाडेर भक्तपुरमा पुगेको बताइन्छ ।

घटना बारे छानविन गर्न माग

बस्नेत भक्तपुरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिर्पोटिङ गर्न पुगेको थिए । उनले पार्टी अध्यक्षलाई लिखित रुपमै सो बारे जानकारी गराएका थिए ।

यो घटना थाह पाएपछि एमाले नेता योगेश भट्टराईले चुनाव सकिएपछि छानविन गरिने बस्नेतलाई जानकारी गराएका थिए ।

छानविनमा अर्याल–बस्नेत समुह

महासंघको चुनाव सकिएलगत्तै पार्टीभित्र हार्दिकमा घटेको घटनाको छानविन सुरु भएको छ । जसमा अर्याल–बस्नेत समुह छानविनको घेरामा परेका छन् ।

पार्टी स्रोतका अनुसार यतिबेला पार्टीले आन्तरीक रुपमा छानविन अघि बढाइसकेको छ । अब के होला, कस्तो कारबाही होला ? त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति: Apr 28, 2017

प्रतिक्रिया दिनुहोस्