Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको खुलासा : चुनावको मौकामा पहाड–मधेस टुक्राइदै

काठमाडौं, १४ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ खुलासा गरेका छन् । राष्ट्रिय प्रचार भेलाको बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले चुनावको मौका पारेर पहाड र तराई छुट्याउने प्रयास भैरहेको बताए । ओलीले एमालेविना संविधानलाई सर्वस्वीकार्य बनाउन भनेर सरकार लागिपरेको आरोप लगाए ।

‘चुनाव हुन नदिने षडयन्त्रमा एमाले लाग्यो भनेर प्रचार गरिँदैछ,’ ओलीले भने, ‘संविधानलाई सर्वस्वीकार्य बनाउन यो प्रस्ताव भन्नुहुन्छ तर एमालेसँग छलफल पनि हुँदैन । एमाले बाहेक संविधान सर्वस्वीकार्य हुन्छ ? यो चुनाव नगराउने षडयन्त्र हो । यस्ता थुप्रै विषय छन् ।

हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने अर्को षडयन्त्र गरिएको छ । चुनावको मौका पारेर पहाड र तराई छुट्याउने र अनुसुची नै फेर्ने काम भएको छ । राष्ट्रलाई विखण्डनतिर लैजाने प्रयास सरकारले नै गरेको छ ।’ उनले यो सरकार नै धाँधलीवाज सरकार भएको बताए ।

‘हामी चुनावको दौरानमा छौं । चुनाव १, २, ३ कति चरणमा गर्ने भनेर हामीले सरकारसँग छलफल गर्दैनौं । यो सरकारलाई चुनाव नगरी सुखै छैन । हामी जसरी पनि चुनाव गराउँछौं ।

सरकार बल मिच्याँइ गरेर आउन खोजेको छ । सरकार बढी अहम्का साथ नजाओस् यो पनि हामी भन्न चाहन्छौं ।’ उनले आफूलाई केही सञ्चारमाध्यमले मैमत्त नेता भनेर छापेको पनि उल्लेख गरे ।

‘यो सरकारले प्रहरीमा पनि आतंक मच्चाएको छ । डीआईजीलाई गिरफ्तार गरेर चियापानी पनि नदिई थुनियो,’ उनले भने,‘सरकार पनि चुनाव भाँड्न लागिपरेको छ । कांग्रेस सभापति पनि चुनाव भाँड्न लागिपरेका छन् ।’

प्रकाशित मिति: Apr 27, 2017

प्रतिक्रिया दिनुहोस्