Logo
८ बैशाख २०८१, शनिबार
(April 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१७ वर्षपछि कार्यक्रममा आमिर, हिन्दुवादी RSS प्रमुखबाट अवार्ड 

एजेन्सी, मुम्बई, वैशाख १३ – १७ वर्षपछि वलिउड अभिनेता आमिर खान कुनै अवार्ड कार्यक्रममा देखिएका छन् । ७५ औँ मास्टर दीनानाथ मंगेशकर अवार्डमा अमिरलाई चलचित्र ‘दंगल’ का लागि अवार्डबाट सम्मानित गरिएको थियो । कयौँ वर्ष अवार्ड कार्यक्रमलाई वेवास्ता गर्दै आएका आमरिलाई पछिल्लो पटक सन् २००१ मा लगान चलचित्रको ओस्कर कार्यक्रममा देखिएको थियो ।

अवार्ड कार्यक्रम बहिस्कार गर्दै आएका आमिर लता मंगेशकरले निमन्त्रणा दिएपछि कायृक्रममा उपस्थित भएका हुन् । लताले आमिरलाई विशेष निमन्त्रणा पठाएकी थिइन् । जसपछि आमिर लता मंगेशकर परिवारद्वारा सञ्चालित दीनानाथ मंगेशकर पुरस्कर लिन पुगे ।

आमिरलाई यो अवार्ड संघका प्रमुख मोहन भागवतले हस्तान्तरण गरे । आमिर खानको अलावा क्रिकेटर कपिल देव र वेजन्तीमालालाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति: Apr 27, 2017

प्रतिक्रिया दिनुहोस्