Logo
११ जेष्ठ २०७९, बुधबार
(April 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘छाता’ चुनाव चिह्न नपाएपछि राजपाले ‘हात’ छाप रोज्दै

काठमाडौं, १२ बैशाख :  सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन् । समाचार श्रोतका अनुसार पछिल्लोपटक ६ दलहरुवीच एकिकरण भएर बनेको ‘राजपा’ले चुनाव चिन्ह छाता छाप राख्ने तयारी गरेको थियो तर कानूनी प्रावधानवीच छाताछाप नपाउने भएपछि राजपाले हात छाप राख्ने त्यारी थालेको हो ।

‘राजपा’का एक बरिष्ट नेताले भने ‘पुरनै कुनै छापहरु मध्ये एउटा रोज्नुपर्ने भएकोले हामिले हातत छाप रोज्न लागेका हौं’ उनले भने ‘तर यो निर्णय नै भइसकेको छैन, गजेन्द्रबाबुको पुरानो चुनाव चिन्ह हुने भएकोले हामिले हात छाप नै रोज्न लागेका हौं ।’

यता, हिजो, प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग यी दुई दलले सोमबार बिहान गरेको छलफल सकारात्मक भएको छ। छलफलपछि आयोगले मोर्चाको मागअनुसार उम्मेदवारी मनोनयन दर्ता गर्ने समय ३ दिन थपेको छ। यसअघि १६ गतेका लागि तोकिएकोमा सारेर १९ गते पुर्‍याइएको छ ।

छलफलमा राजपाले छाता चुनाव चिह्न दिन गरेको आग्रह निर्वाचन आयोगले मतपत्र छापिइसकेको कारण देखाउँदै अस्वीकार गर्‍यो। यसको विकल्पमा राजपाका नाममा एकीकरण हुनुअघिका ६ दलमध्ये कुनै एकको चुनाव चिह्न प्रयोग गर्न आयोगले सुझायो।

प्रचारप्रसार भने राजपाकै नामबाट गर्न सकिने आयोगका पदाधिकारीहरुले बताए। ‘हामीले छाता चुनाव चिह्न माग गर्‍यौँ त आयोगका पदाधिकारीले राजपामा आबद्ध ६ दलमध्ये कुनै एकको चुनाव चिह्न प्रयोग गर्न र राजपाको नामबाट जनतामा जान सकिने सुझाव दिनुभयो,’ राजपाका नेता केशव झाले भने।

उम्मेदवार मनोनयनका लागि पार्टीका तर्फबाट दिइने टिकटमा आधिकारिक हस्ताक्षर राजपामा आबद्ध ६ दलमध्ये कुनै एक दलको नामबाट अध्यक्ष मण्डलका सबै ६ सदस्यले गर्न सक्ने सुझाव आयोगले दियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई चुनावमा ल्याउन आयोगका तर्फबाट आवश्यक बातावरण बनाइदिन आग्रह गरेका थिए।

प्रकाशित मिति: Apr 25, 2017

प्रतिक्रिया दिनुहोस्