Logo
१३ बैशाख २०८१, बिहीबार
(April 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खानको TV शो ‘दस का दम’ 3 आउदै

काठमाडौं : सलमान खान जति प्रसिद्ध आफ्नो चलचित्रमा छन् उति नै उनको स्टारडम टीभी शोमा पनि रहिआएको छ । सलमान प्रत्येक वर्ष ‘बिगबोस’ होस्ट गर्छन् ।

तर त्यो भन्दा अघि पनि सलमानले एउटा गेम शो लिएर आएका थिए । जसको नाम थियो– ‘दस का दम’ फिल्मीबिटका अनुसार सोनी इन्टरटेन्मेन्ट च्यानलले एकपटक पुनः सलमान खानसँग यो शो लिएर आउँदैछ ।

सलमानले शोको तेस्रो सिजन होस्ट गर्ने समेत उल्लेख गरेका छन् । च्यानलसँग सलमान खानको फाइनल मिटिङ हुन बाँकी छ । जुलाइ २०१७ देखि शो सुरु गरिने अपेक्षा गरिएको छ ।

सलमान खानले सन् २००८ र २००९ मा यो गेम शोका दुई सिजन होस्ट गरिसकेका छन् । दुवै सिजन निकै हिट पनि भएको थियो । यसमा बलिउडका केही सेलिब्रिटीले पनि उपस्थिति जनाएका थिए । अहिले भने यो शोको तेस्रो सिजनको पर्खाइ छ ।

प्रकाशित मिति: Apr 25, 2017

प्रतिक्रिया दिनुहोस्