Logo
८ बैशाख २०८१, शनिबार
(April 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र र बाबुरामवीच एकता: फोरमकै चुनाव चिन्हमा चुनाव लड्न नयाँशक्ति तयार

काठमाडौँ, वैशाख १२ : नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने भएको छ । एकीकरण प्रकृयाको शुरुवातसँगै ती दुई दल एउटै पार्टी एउटै मसाल चिन्हमा चुनाव लड्ने भएको छ ।

आज दुवै पार्टीले सो चुनाव चिन्हबाट चुनाव लड्ने जानकारी आयोग पनि गराइसकेको छ । फोरम नेपाल स्रोतका अनुसार बैशाख १९ गतेभन्दा पहिले दुई दलबीच एकीकरण हुने निश्चित भएको छ ।

मसाल छाप उपेन्द्र यादव नेतृत्वको फोरम नेपालको रहेको छ । यसअघि चुनाव चिन्ह नपाएको भन्दै नयाँ शक्ति नेपालले आन्दोलन गर्दै आइरहेको थियो ।

लगभग उपेन्द्र यादव नै अध्यक्ष रहने सहमति भएको छ यद्यपी यस विषयमा दुई दलका अध्यक्षहरु आपसमा बसेर टुंग्याउन बाँकी छ ।

यी दुई दलमा एकीकरण नभए मधेशमा समस्या हुने विश्लेषण गरेर नै यी दुई दल एकीकरणका लागि तयार भएको स्रोतको दावी छ ।

चुनाव चिन्ह फोरम नेपालको रहनेछ भने झण्डा नयाँ शक्ति नेपालको रहने तय भइसकेको छ । मधेशी मोर्चामा आवद्ध छ दलले एकीकरण गरेपछि यी दुई दलबीचमा एकीकरणका लागि दवाव परेको बताइएको छ ।

 

प्रकाशित मिति: Apr 25, 2017

प्रतिक्रिया दिनुहोस्