Logo
४ बैशाख २०८१, मंगलबार
(April 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी पक्षिय संशोधन प्रस्तावविरुद्ध संसदमा कडा प्रतिवाद गर्ने एमाले निर्णय

काठमाडौ, बैशाख १२ : नेकपा एमालेले सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक राष्ट्र हितविपरीत भएको भन्दै संसदभित्र कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । एमालेले जनचाहिना विपरीत ल्याएको सो विधेयक २०६२/०६३ जनक्रान्तिका भावनाविरुद्ध तथा राजनीतिक दलहरूबीचमा धु्रवीकरण गर्दै मुलुकलाई थप अस्थिरताको दिशातिर धकेल्ने गम्भीर षड्यन्त्रसहित आएको ठहर पनि गरेको छ ।

अध्यक्ष केपी ओली निवास भक्तपुरमा आज दोस्रो दिन बसेको स्थायी कमिटि बैठकले सरकारले टेवल गरेको विधेयक संविधानको मर्म र भावना विपरीत रहेको पनि निश्कर्ष निकालेको छ । बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले सिंगो मुलुक वैशाख ३१ गतेको निर्वाचनको तयारीमा जुटिरहेको बेला निर्वाचनलाई नै अनिश्चयतिर धकेल्ने र मुलुकलाई थप अस्थिरतातिर लैजाने दूराशयपूर्ण उद्देश्यसहित निर्वाचन दुई चरण गर्ने नाममा स्वयम् निर्वाचन आयोगद्वारा जारीे आचारसंहिता उल्लंघन गर्ने, जेठ १५ गते संसदमा वार्षिक बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै निर्वाचनलाई प्रभावित गर्नेगरी प्रस्तुत भएका निर्वाचनसम्बन्धी विषयहरूमो गम्भीर असहमति रहेको बताए ।

स्थानीय तहको निर्वाचनका लागि पार्टी केन्द्रद्वारा निर्णय गर्नुपर्ने उम्मेदवारहरू, पार्टीको चुनावी घोषणापत्र लगायतका विषयमा छलफल गर्न स्थायी समितिको अर्को बैठक बुधबार ११ बजे एमालेले जनाएको छ । बैठकपछि एमालेले जारी गरेको विज्ञप्तिमा यस विषयमा पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डलले आजै निर्वाचन आयोगसमक्ष औपचारिक ध्यानाकर्षण गराउने उल्लेख छ ।

 

प्रकाशित मिति: Apr 25, 2017

प्रतिक्रिया दिनुहोस्